बुधबार, असार १०,२०८३ 12:06:57
Bizshala
  • बुधबार, असार १०,२०८३ 12:06:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ट्रम्पले बनाए भारतीय मूलका काश पटेललाई एफबीआईको निर्देशक

Laxmi Sunrise Bank Limited
ट्रम्पले बनाए भारतीय मूलका काश पटेललाई एफबीआईको निर्देशक

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय मूलका काश पटेललाई फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन(एफबीआई)को निर्देशकमा नियुक्त गरेका छन् ।

काश पटेलले यस नियुक्तिको लागि राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका छन्। ‘म एफबीआईको नवौं निर्देशक बन्न पाउँदा सम्मानित छु। म राष्ट्रपति ट्रम्प र महान्यायाधिवक्ता बोन्डीले मलाई विश्वास गरेकोमा धन्यवाद दिन्छु’ उनले ट्वीटरमा लेखेका छन् ।  

New Office
CG Motors
Garima Development Bank

रिपब्लिकन पार्टीका दुई सांसद सुसान कोलिन्स र लिसा मुर्कोस्कीसहित डेमोक्र्याटिक पार्टीका सबै सांसदहरूले काश पटेलको नियुक्तिको विपक्षमा मतदान गरेका थिए।

काश पटेलले ट्रम्पको पहिलो कार्यकालमा ट्रम्पसँग काम गरेका थिए। ४४ वर्षीय काश पटेलले आफ्नो करियर वकिलको रुपमा सुरु गरेका थिए । उनले हत्या, लागुऔषध र जटिल आर्थिक अपराधका मुद्दामा अदालतमा बहस गरेका थिए ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अमेरिकी रक्षा मन्त्रालयका अनुसार काश पटेलले अमेरिकी कार्यवाहक रक्षा सचिव क्रिस्टोफर मिलरको चीफ अफ स्टाफको रूपमा काम गरेका छन्। उनी राष्ट्रिय सुरक्षा परिषद्मा राष्ट्रपतिका सहायक सहायक र काउन्टर टेररिज्म विभागका वरिष्ठ निर्देशक भइसकेका छन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.