बुधबार, कार्तिक ४,२०८३ 11:39:05
  • बुधबार, कार्तिक ४,२०८३ 11:39:05
Global IME Bank Limited

हङकङको सेयर बजार ३ वर्षकै उच्च, अन्य एशियाली बजारको अवस्था कस्तो ?

Bizshala
हङकङको सेयर बजार ३ वर्षकै उच्च, अन्य एशियाली बजारको अवस्था कस्तो ?
New Office

काठमाण्डौ । हङकङको सेयर बजार पछिल्लो ३ वर्षकै उच्च कायम भएको छ । जापानको मुद्रास्फीति आँकडा आएसँगै र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्यारिफको धम्कि दिईरहेका बेला एशिया प्यासेफिसक क्षेत्रमा शुक्रबार हङकङको सेयरले नयाँ रेकर्ड कायम गरेको हो ।  

आज हङकङको हाङसेङ इन्डेक्स ३.९९ प्रतिशतले बढेको छ । यो वृद्धिसँगै हाङसेङ इन्डेक्स २३ हजार ४७७ विन्दुमा पुगेको छ । यो उचाई सन् २०२२ फेब्रुअरी पछिकै उच्च हो । आज हाङसेङ टेक इन्डेक्स ६.१५ प्रतिशतले बढेको छ । यो दिन अलिबाबाको सेयरमूल्य १४.७ प्रतिशतले बढेको छ । डिसेम्बर त्रैमासमा कम्पनीको नाफामा आएको उल्लेखनिय वृद्धिका कारण कम्पनीको सेयरमूल्यमा आज उछाल आएको हो ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यस्तै आज टेक कम्पनीहरु जस्तै मिईटुआनको सेयरमूल्य २.१ प्रतिशत र बाईडुको सेयरमूल्य १.८४ प्रतिशतले बढेको छ ।  

यस्तै आज जापानको निक्की२२५ इन्डेक्स पनि ०.२६ प्रतिशत अर्थात ८९.९० अंकले बढेको छ । यो वृद्धिसँगै निक्की ३८ हजार ७७६ विन्दुमा पुगेको छ । जापानको अर्को सेयर बजार मापक इन्डेक्स टोपिक्स भने आज घट्दै २ हजार ७३६ विन्दुमा बन्द भएको छ । जनवरीमा जापानको मुद्रास्फीतिदर ४ प्रतिशत पुगेको छ । जुन सन् २०२३ जनवरी पछिकै उच्च हो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै आज दक्षिण कोरियाको कोस्पी घटेर २ हजार ६५४ विन्दुमा बन्द भएको छ भने कोस्डाक ०.८३ प्रतिशतले बढेर ७७४.६५ विन्दुमा बन्द भएको छ । आज अष्ट्रेलियाको एस एण्ड पी÷एएसएसक्२०० इन्डेक्स ०.३२ प्रतिशतले घटेर ८ हजार २९६ विन्दुमा सीमित बनेको छ ।  

चीनको सीएसआई३०० पनि आज १.२६ प्रतिशतले बढेको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.