काठमाण्डौ । चौधरी समूहको एक प्रमुख डिभिजन सिजी इलेक्ट्रोनिक्सले हालै कम्पनीको प्रमुख ब्रान्ड सिजीको लागि पूर्वी नेपालमा - CG Meridia लेभल अप!’ विषयवस्तुमा आधारित डिलर मिट भव्य रूपमा आयोजना गरेको छ । फागुन ९ गते विराटचोक स्तिथ होटल नेपालीरिकामा आयोजित सो कार्यक्रम मूलतः नवप्रवर्तनमा केन्द्रित थियो र सर्लाहीदेखि काँकडभिट्टासम्मका क्षेत्रका आफ्नो डिलरहरूलाई व्यावसायिक रणनीति, नयाँ उत्पादन सुरुवात र बजार प्रवृत्तिहरूबारे छलफल गर्न एकसाथ ल्याएको थियो ।
कम्पनीका प्रबन्ध निर्देशक श्री निर्वाण चौधरीले कार्यक्रमको सम्बोधन प्रेरणादायी सन्देशबाट सुरु गरेका थिए । उनले प्रतिस्पर्धी इलेक्ट्रोनिक्स बजारमा वृद्धि र सफलता हासिल गर्न बलियो साझेदारी र सहकार्यको महत्त्वमा जोड दिए जसले नवप्रवर्तन र ग्राहक सन्तुष्टि कम्पनीको पहिलो प्राथमिकता र प्रतिबद्धतालाई प्रकाश पारेको थिए ।
मिटका सहभागीहरूले अन्तरक्रियात्मक सत्रहरूमा भाग लिने अवसर पाएको थिए, जहाँ मिटका सहभागीहरूले अन्तरक्रियात्मक सत्रहरूमा भाग लिने अवसर पाएको थिए, जहाँ उनीहरूले CGको उत्पादन लाइनअपमा भएका पछिल्ला प्रगतिहरूबारे छलफल गरे र त्यसका साथसाथै ग्राहकहरूको सन्देश भिडियोहरू पनि प्रस्तुत गरेको थियो।
कार्यक्रममा कम्पनीले CG Meridia अन्तर्गत अत्याधुनिक प्रविधि र उच्च गुणस्तर मापदण्डका नयाँ उत्पादनहरू प्रदर्शन पनि प्रस्तुत गरिएको थियो, जसमा कार्यक्रमको प्रमुख आकर्षणहरू नेपालको सबैभन्दा ठुलो र पहिलो CG Meridia QLED + १०० इन्च मेगा स्क्रिन टेलिभिजन, नेपालको पहिलो CG Meridia ५५ इन्च CG Meridia QLED + 4K कराओके टिभी, ८ किलोग्रामको CG मेरिडिया नाइट सिरिज DD मोटर वाशिङ मेसिन, IOT CG मेरिडिया इन्भर्टर सिरिज १ टन १.५ टन एयर कन्डिसनर, ३० लिटर कन्भेक्सन
माइक्रोवेभ ओभन र ३५ लिटर कन्भेक्सन विथ रोटेसेरी माइक्रोवेभ ओभनको आधिकारिक लन्च गरेको थियो ।
व्यापारिक छलफलका अतिरिक्त कार्यक्रमले डिलरहरूको उपलब्धि र योगदानको उत्सव मनाउँदै, बैठक एक भव्य रात्रिभोजको साथ समाप्त गरेको थियो।
कम्पनीको अनुसार CG आफ्ना ग्राहकहरूलाई असाधारण उत्पादनहरू र सेवाहरू प्रदान गर्न र आफ्ना डिलरहरूसँग सधैं बलियो सम्बन्ध कायम गर्न प्रतिबद्ध रहेको जनाएको छ। कम्पनीले यस क्षेत्रमा आफ्नो उपस्थितिलाई अझ बलियो बनाउन भविष्यमा यस्तै कार्यक्रमहरू आयोजना गर्न जानकारी दिएको छ ।