मंगलवार, श्रावण २६,२०८३ 01:56:49
Bizshala
  • मंगलवार, श्रावण २६,२०८३ 01:56:49
Bizshala
Global IME Bank Limited

ङादी ग्रुप पावरले ८.७३ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने, न्यूनतम मूल्य कति ?

Prabhu Bank Limited
ङादी ग्रुप पावरले ८.७३ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने, न्यूनतम मूल्य कति ?
New Office

काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडले ८ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत पुस २३ गतेदेखि माघ २९ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको साधारणतर्फको ८ लाख ७३ हजार ६१.२२५ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।  

कम्पनीले आगामी फागुन २० गतेदेखि उक्त सेयरहरुको बिक्री आवेदन खुलाउने भएको छ । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।  

लगानीकर्ताले सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंकको शाखा कार्यालयहरुः विराटनगर, बिर्तामोड, वीरगञ्ज,जनकपुर, हेटौडा, नरायणगढ,पोखराm बाग्लुङ, बुटवल,घोराही, नेपालगञ्ज, सुर्खेत,धनगढी र महेन्द्रनगरमा बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।  

बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति फागुन २८ गते रहेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X