सोमबार, श्रावण १८,२०८३ 04:48:00
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:48:00
Bizshala
Global IME Bank Limited

युक्रेनमा शान्ति सुनिश्चित गर्न अमेरिका एक्लैले खर्च गर्न सक्दैन, युरोपेली देशहरुले समेत बहन गर्नुपर्छ: ट्रम्प

युक्रेनमा शान्ति सुनिश्चित गर्न अमेरिका एक्लैले खर्च गर्न सक्दैन, युरोपेली देशहरुले समेत बहन गर्नुपर्छ: ट्रम्प
New Office

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा शान्ति सुनिश्चित गर्नका लागि युरोपेली देशहरुले लागत तथा खर्च बहन गर्नुपर्ने बताएका छन् । ट्रम्पले फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोनसँग ह्वाटहाउसमा छलफलको क्रममा यस्तो बताएका हुन् ।  

उनले उक्त अवसरमा युक्रेनमा शान्ति कायम गर्न अमेरिका एक्लैले खर्च गर्न नसक्ने र यसका लागि सम्पूर्ण युरोपेली देशहरुले समेत खर्च गर्नुपर्ने बताए । ट्रम्पलाई जवाफ दिँदै म्याक्रोनले युरोपले सुरक्षा खर्चलाई समान रूपमा बाँडफाँड गर्नुपर्ने आवश्यकता बुझेको बताए । रुसको आक्रमणको तेस्रो वर्षगाँठमा भएको वार्ताले अगाडि बढ्ने बाटो देखाएको पनि उनले बताए ।  

यस्तै उनले रुस–युक्रेन युद्धबारे छलफल गरेपछि युक्रेनमा हुने कुनै पनि शान्ति सम्झौतामा सुरक्षा ग्यारेन्टी हुनुपर्छ माग राखेका छन् । ‘यस शान्तिको अर्थ युक्रेनले आत्मसमर्पण गर्नु हुँदैन, यसको मतलब बिना ग्यारेन्टी युद्धविराम गर्नु हुँदैन’ म्याक्रोनले सोमबार संयुक्त पत्रकार सम्मेलनमा भने।

यस्तै ट्रम्पले आफूले जतिसक्दो चाँडो युद्धविराम चाहेको र त्यसमा सहमति भएपछि राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न रुस जाने बताएका छन् ।

हालै जेलेन्स्कीले शान्ति वा नाटोको सदस्यता पाएमा आफू राजीनामा दिन तयार रहेको बताएका थिए ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.