काठमाण्डौ। नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले आजैबाट कार्यभार सम्हालेका छन् । अर्थमन्त्रालयमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेपश्चात् उनले कार्यभार सम्हालेका हुन् ।
अध्यक्ष ओझाले बीमा प्राधिकरणको अत्यन्तै दायरा ठूलो रहेको र नियामक निकायलाई थप सुदृढ गर्न थप चूनौती रहेको बताए । साथै,आफ्नो ४ वर्षे कार्यकालमा बीमक र बीमितको हित संरक्षण गर्ने मुख्य जिम्मेवारी रहेको उनले बताए । बीमकको प्रतिस्पर्धासँगै विश्सनीय र वित्तीय स्थिति बलियो बनाउने वातावरण सिर्जना गरिदिने उनले बताए ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ३३ वर्षीय ओझालाई बीमा प्राधिकरणको अध्यक्ष बनाउने निर्णय गरेको थियो ।