काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले जारी गर्न लागेको १ः१ अनुपातको हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको छ ।
नेप्सेमा भएको सेयरमूल्य समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३४९.५० रुपैयाँ कायम भएको छ । समायोजनअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५९९ रुपैयाँ कायम थियो । आगामी कारोबारमा यही मूल्यका आधारमा दोस्रो बजारमा कम्पनीको सेयर कारोबार हुनेछ ।
कम्पनीले हकप्रद सेयर निष्कासनका लागि फागुन १५ गते बुक क्लोज गर्दैछ । यसर्थ फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् । कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सयको १ः१ अनुपातमा प्रतिसेयर रु।१०० अंकित दरका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद साधारण सेयर निष्काशन गर्नेछ ।