शनिबार, श्रावण ३०,२०८३ 08:17:44
Bizshala
  • शनिबार, श्रावण ३०,२०८३ 08:17:44
Bizshala
Global IME Bank Limited

नेप्सेको चार्टमा ‘ग्याप अप ओपनिङ’ सहित ब्रेक आउट, अबको सम्भावना कस्तो ?

Prabhu Bank Limited
नेप्सेको चार्टमा ‘ग्याप अप ओपनिङ’ सहित ब्रेक आउट, अबको सम्भावना कस्तो ?
New Office

काठमाण्डौ । आज नेप्सेले लामो समयपछि ‘ग्याप अप ओपनिङ’ सहित २७८० को विन्दुलाई ब्रेक आउट गरेको छ । यसअघि गत कात्तिक अर्थात पाँच महिना पहिलेदेखि बजारले यस विन्दुमा कडा प्रतिरोध सामना गरेको थियो । तर आज नेप्से कारोबार तथा भोल्युमसहित यो विन्दुलाई ब्रेक आउट गरेर २८ सयमाथि टिकेको छ ।  

यसले सम्भावित रुपमा बजारले माथिको यात्रा तय गर्न सक्ने देखिन्छ । बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज बजारले अपर ब्याण्डमा बुलिस प्रकृतिको क्याण्डल बनेको छ । यसले बजार अपर ब्याण्डसँगै हिड्न खोजेको देखिन्छ । त्यसैगरि, बजारलाई म्याक्डी मार्फत नियाल्दा यस अघिनै बुलिस क्रसओभर बनेको छ भने हिस्टोग्राम सकारात्मक र लामा–लामा हुँदै गएका छन् ।  

CG Motors

आरएसआई मार्फत नियाल्दा बजार ओभर बट जोन ७६ को तहमा पुगेको छ । बुलिस बजारमा यस्तो विन्दु ९० सम्म पुग्न पनि सक्छ । मनी फ्लो इन्डेक्सबाट नियाल्दा भने बजार ६० को तहमा पुगेको छ । बढ्दो बजारमा यस्तो विन्दु ९० सम्म पुग्न पनि सक्छ । आजको बजारलाई प्राइस एक्सन अथवा डाउथेउरीबाट नियाल्दा नयाँ हायर हाई बनाएको छ । यसले बजारले अप ट्रेन्ड लिँदै गरेको देखिन्छ ।  

आज उच्च अंकले बढेको बजारले अब नजिकको प्रतिरोध २८६० विन्दुमा लिन सक्छ भने त्यसपछि बजारको प्रतिरोध ३ हजार विन्दु आसपास हुनसक्छ । यदि बजार घट्छ भने क्रमश ः२७८० , २७५० र २७०० विन्दुमा लिन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारस भने होइन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.