काठमाण्डौ । आज नेप्सेले लामो समयपछि ‘ग्याप अप ओपनिङ’ सहित २७८० को विन्दुलाई ब्रेक आउट गरेको छ । यसअघि गत कात्तिक अर्थात पाँच महिना पहिलेदेखि बजारले यस विन्दुमा कडा प्रतिरोध सामना गरेको थियो । तर आज नेप्से कारोबार तथा भोल्युमसहित यो विन्दुलाई ब्रेक आउट गरेर २८ सयमाथि टिकेको छ ।
यसले सम्भावित रुपमा बजारले माथिको यात्रा तय गर्न सक्ने देखिन्छ । बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज बजारले अपर ब्याण्डमा बुलिस प्रकृतिको क्याण्डल बनेको छ । यसले बजार अपर ब्याण्डसँगै हिड्न खोजेको देखिन्छ । त्यसैगरि, बजारलाई म्याक्डी मार्फत नियाल्दा यस अघिनै बुलिस क्रसओभर बनेको छ भने हिस्टोग्राम सकारात्मक र लामा–लामा हुँदै गएका छन् ।
आरएसआई मार्फत नियाल्दा बजार ओभर बट जोन ७६ को तहमा पुगेको छ । बुलिस बजारमा यस्तो विन्दु ९० सम्म पुग्न पनि सक्छ । मनी फ्लो इन्डेक्सबाट नियाल्दा भने बजार ६० को तहमा पुगेको छ । बढ्दो बजारमा यस्तो विन्दु ९० सम्म पुग्न पनि सक्छ । आजको बजारलाई प्राइस एक्सन अथवा डाउथेउरीबाट नियाल्दा नयाँ हायर हाई बनाएको छ । यसले बजारले अप ट्रेन्ड लिँदै गरेको देखिन्छ ।
आज उच्च अंकले बढेको बजारले अब नजिकको प्रतिरोध २८६० विन्दुमा लिन सक्छ भने त्यसपछि बजारको प्रतिरोध ३ हजार विन्दु आसपास हुनसक्छ । यदि बजार घट्छ भने क्रमश ः२७८० , २७५० र २७०० विन्दुमा लिन सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारस भने होइन ।