काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन १६ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ केही घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३९.२३ रुपैयाँ र बिक्रीदर १३९.८३ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३९.२४ रुपैयाँ र बिक्रीदर १३९.८४ रुपैयाँ कायम थियो ।
यस्तै, आज एक यूरो खरिददर १४५.८६ रुपैयाँ र बिक्रीदर १४६.४९ रुपैयाँ कायम छ । आज एक पाउण्डको खरिददर १७६.४७ रुपैयाँ र बिक्रीदर १७७.२३ रुपैयाँ कायम भएको छ ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८७.७२ रुपैयाँ र बिक्रीदर ८८.१० रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.२९ रुपैयाँ र बिक्रीदर ९.३३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.९१ रुपैयाँ र बिक्रीदर ३८.०७ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.१५ रुपैयाँ र बिक्रीदर १९.२४ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.३३ रुपैयाँ र बिक्रीदर ३१.४६ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.२० रुपैयाँ र बिक्रीदर ३८.३७ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६५ रुपैयाँ र बिक्रीदर ९.६९ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५१.२८ रुपैयाँ र बिक्रीदर ४५३.२३ रुपैयाँ कायम भएको छ ।