काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा, मेक्सिको र चीनमाथि नयाँ ट्यारिफ लगाउने घोषणा गरेका छन् । ट्रम्पले यी देशहरुमाथि मार्च ४ देखि नयाँ १० प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका हुन् ।
ट्रम्पले क्यानडा र मेक्सिकोबाट अवैध ड्रग्स नियन्त्रण गर्न मार्च ४ देखि नयाँ भन्सार शुल्क लगाउने बताएका छन् । ट्रम्प अमेरिकामा फेन्टालाइन जस्ता ड्रग्सको आपूर्ति रोक्न चाहन्छन् । जसको उत्पादन चीनले गर्ने गर्छ ।
ट्रम्पले गत फेब्रुअरी ४ मा ३० दिनका लागि क्यानडा र मेक्सिकोमाथि लगाएको कर रोकेका थिए । उनले दुवै देशले सीमा सुरक्षामा सुधार ल्याउने प्रतिवद्धता जनाएकाले कर लगाउने निर्णय रोकेको बताएका थिए । ट्रम्पले ड्रग्सको आपूर्ति नरोकिए कर लगाउने बताएका थिए ।
यस्तै ट्रम्पले चीनमाथि पनि १० प्रतिशत अतिरिक्त ट्यारिफ लगाउने बताएका छन् । उनले यो कदम अमेरिकी जनताको सुरक्षालाई प्राथमिकतामा राख्ने योजनाको हिस्सा भएको बताएका छन् ।