शनिबार, फाल्गुन १०,२०८१ 10:02:48
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 10:02:48
IME remit
Global IME Bank Limited

३० लघुवित्तले बनाए सेयरधनीको हात रित्तो, किन दिन सकेनन् लाभांश ?

Hyundai Nepal
३० लघुवित्तले बनाए सेयरधनीको हात रित्तो, किन दिन सकेनन् लाभांश ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्स (नेप्से)मा ५५ वटा लघुवित्त वित्तीय संस्थाहरु सूचीकृत छन् । नेप्सेमा सूचीकृत लघुवित्तमध्ये हालसम्म ४६ वटाले गत आर्थिक वर्ष २०७९÷८० को लागि लाभांश सम्बन्धी निर्णय गरेका छन् ।  

सो मध्ये पनि १६ वटा संस्थाले मात्रै उक्त आवको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेका छन् भने बाँकी ३० वटाले सेयरधनीलाई कुनै खालको लाभांश नबाँड्ने निर्णय गरेका छन् ।  

सेयरबजारमा माइक्रोफाइनान्स कम्पनीहरुमा लगानी गर्दा जोखिम कम हुने र प्रतिफल पनि बढी पाउन सक्ने लगानीकर्ताहरुले बताउँदै आएका छन् । तर केही वर्षयता लघुवित्त संस्थाहरुको वित्तीय अवस्थासँगै लाभांश क्षमता घट्दै गइरहेको छ । गत आवकै मुनाफाबाट अधिकांश लघुवित्त कम्पनीले आ–आफ्ना सेयरधनीहरुको हात रित्तो बनाएका छन् ।  

अधिकांश संस्थाहरुले सो आवको मुनाफा जगेडा कोषमा सञ्चित गर्ने र लाभांश नबाँड्ने निर्णयले लगानीकर्ताहरु निराश बनेका छन् ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

नेपाल राष्ट्र बैंकले गत वर्ष लघुवित्त संस्थाको लागि एकीकृत निर्देशन २०७८ संशोधन गर्दै वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा काषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको थियो ।  

सोभन्दा अघि २० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्दा उक्त व्यवस्था थियो । लघुवित्त संस्थाहरुलाई केन्द्रीय बैंकबाटै लाभांश वितरणमा कडाई गर्दै आएकाले अधिकांश लघुवित्त संस्थाहरुले गत आवको मुनाफा जगेडामै राख्ने निर्णय गरेको लघुवित्त बैंकर्स संघका अध्यक्ष राम बहादुर यादवले बताए ।  

साथै राष्ट्र बैंकको निर्देशनअनुसार लघुवित्त संस्थाहरुले १५ प्रतिशतभन्दा बढी लाभांश प्रस्ताव गरेमा १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ३५ प्रतिशतले हुने ग्राहक संरक्षण कोषमा र १० प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा राख्नुपर्ने व्यवस्था समेत छ ।  

सोअघि वार्षिक खुद मुनाफाको १ प्रतिशत मात्रै रकम उक्त कोषहरुमा जम्मा गर्नुपर्ने व्यवस्था रहेकोमा लघुवित्त संस्थाहरुले १५ प्रतिशत भन्दा बढी प्रतिफल वितरण गर्दा १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको १० प्रतिशत रकम पनि उक्त कोषमा राख्नुपर्ने व्यवस्थाले लघुवित्तको लाभांश क्षमता घट्दै गएको यादव बताउँछन् ।  

‘चालु आर्थिक वर्षमै पनि अधिकांश लघुवित्त संस्थाहरुको प्रोफिट घटेको छ, भने केही संस्थाहरु घाटामा छन्, देशमा आर्थिक मन्दीको असर लघुवित्त क्षेत्रमा परेको छ, कर्जा मिनाहा हुन्छ भन्ने ऋणीहरुमा भ्रम सिर्जना भएकाले एनपीएल बढेको छ’ उनले भने, ‘लघुवित्त संस्थाहरुमा खराब कर्जा बढेको अवस्था छ, यसकारण आम्दानी घट्दा समग्र लघुवित्त संस्थाको मुनाफासँगै वितरणयोग्य नाफामा समेत संकुचन आएको हो ।’

राष्ट्र बैंकबाट वित्तीय संस्थाले लिने कर्जा र ऋणीलाई प्रवाह गर्ने कर्जाको मार्जिनमा खासै फरक नहुँदा लघुवित्त संस्थाको खुद नाफा प्रभावित बन्न पुगेको यादवको भनाई छ । ‘राष्ट्र बैंकबाट लघुवित्त संस्थाहरुले १२ मा कर्जा लिएर १५ मा लगानी गर्नुपर्ने अवस्था छ, यसले पनि प्रोफिटमा ठूलो प्रभाव पारेको छ’ उनले भने, ‘मार्जिनको क्याप र लघुवित्तले प्रोभिजनमा समेत ठूलो कस्ट राख्नुपर्ने भएकाले अधिकांश लघुवित्तले लाभांश बाँड्न नसकेको हो ।’

साथै पछिल्लो अराजक समूहले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा तिर्न नपर्ने भ्रम फैलाइएको कारण वित्तीय प्रणालीमा नै यसको असर पर्न गएको यादव बताउँछन् । ‘मुख्यतः बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नपर्ने हल्लाले संस्थाहरुको एनपीएल बढ्दै गएको छ तर विस्तारै अर्थतन्त्र सुधार हुँदैछ, तरलता सहज हुँदैछ, संस्थाहरुको वित्तीय पक्षहरु राम्रा हुँदैछन्, सो खालका अराजक गतिविधिहरु रोकिने हो भने बैंक तथा वित्तीय संस्थाहरुको प्रोफिटसँगै वितरणयोग्य मुनाफा पनि बढ्नेछ’ उनले भने ।  

लाभांश घोषणा गरेका १६ संस्था  

५५ संस्थामध्ये १६ वटा संस्थाले मात्रै गत आवको मुनाफाबाट लाभांश प्रस्ताव गरेका छन् । अधिकांशले वार्षिक साधारण सभाबाट प्रस्तावित लाभांश पारित समेत गरिसकेका छन् ।  

गत आवको मुनाफाबाट नेशनल माइक्रोफाइनान्सले ७.५० प्रतिशत बोनस सेयर र ७.५० प्रतिशत नगद लाभांश सहित कुल १५ प्रतिशत लाभांश घोषणा गरेको छ । त्यस्तै, आत्मनिर्भर लघुवित्तले १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश, फर्स्ट माइक्रोफाइनान्सले ७.५०५ बोनस र ७.५०५ नगद लाभांश, छिमेक लघुवित्तले १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश, डिप्रोक्स लघुवित्तले १० प्रतिशत बोनस सेयर, ग्लोबल आइएमई लघुवित्तले १० प्रतिशत नगद लाभांश, जीवन विकास लघुवित्तले १४ प्रतिशत बोनस सेयर, मिर्मिरे लघुवित्तले ६.३२ प्रतिशत नगद लाभांश र एनआइसी एशिया लघुवित्तले १५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।  

यसका साथै आरएसडीसी लघुवित्तले ८.६० प्रतिशत बोनस सेयर, साना किसान लघुवित्तले १४.२५ प्रतिशत बोनस सेयर, स्वरोजगार लघुवित्तले ७ प्रतिशत बोनस सेयर, समता घरेलु लघुवित्तले ५.४२ प्रतिशत बोनस सेयर, सर्पोट माइक्रोफाइनान्सले १३ प्रतिशत बोनस सेयर, स्वाबलम्बन लघुवित्तले १२.३६ प्रतिशत बोनस सेयर र सुर्योदय वोमी लघुवित्तले १४.०८ प्रतिशत बोनस सेयर दिने घोषणा गरेका छन् ।  

सेयरधनीको हात रित्तो बनाउने ३० संस्थाहरु  

३० वटा लघुवित्त संस्थाले आर्थिक वर्ष २०७९÷८० को मुनाफा जगेडा कोषमै संचित गरी सेयरधनीहरुलाई लाभांश नबाँड्ने निर्णय गरेका छन् । जसमा धौलागिरी, गुराँस, गणपति, नाडेप, इन्फिनिटी, लक्ष्मी, सामुदायिक, बीपीडब्लु, सिवाईसी नेपाल, फरवार्ड, हिमालयन, जाल्पा सामुदायिक, किसान, कालिका, मेरो माइक्रोफाइनान्स, मनकामना स्मार्ट, मिथिला, महिला, मिर्मिरे, महुली, नेरुडे, एनएमबी, निर्धन उत्थान, सबैको, साधना, स्वाभिमान, उपकार, युनिक नेपाल, उन्नती सहकार्य र विन नेपाल लघुवित्त रहेका छन् ।  

साथै ९ वटा संस्थाले भने हालसम्म लाभांश सम्बन्धी निर्णय गरेका छैनन् । आरम्भ चौतारी, आशा, ग्रामिण विकास, जनउत्थान सामुदायिक, मानुषी, नेष्डो समृद्ध, समाज, श्रृजनशील र बिजय लघुवित्तले लाभांश र साधारण सभा सम्बन्धी निर्णय गर्न बाँकी छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.