बिहीबार, श्रावण २८,२०८३ 01:13:31
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 01:13:31
Bizshala
Global IME Bank Limited

‘ओभर बट जोन’मा बन्यो ‘शुटिङ स्टार’, कस्तो रहला अब बजार ?

Prabhu Bank Limited
‘ओभर बट जोन’मा बन्यो ‘शुटिङ स्टार’, कस्तो रहला अब बजार ?
New Office

काठमाण्डौ । आज बजार करिब १३ अंकले घटेर बन्द भएको छ । दिनभरको कारोबारमा करिब २९२९ सम्म पुगेको बजार अन्त्यमा घटेर बन्द भएको हो ।  

आज बजार घट्दा कारोबार भने अघिल्लो दिनको तुलनामा बढेको छ । क्याण्डल स्टिकबाट नियाल्दा आज बोलिङ्गरको अपर ब्याण्डमा ‘शुटिङ स्टार’ बनेको छ । यसले ट्रेन्ड रिभर्सलको संकेत गर्छ तर यस्तो क्याण्डल भ्यालिड र इन्भ्यालिड जे पनि हुनसक्छ । यदि आगामी कारोबारमा बजार बढेर आजको उच्च विन्दु भन्दा माथि लागेमा बजारले माथिको यात्रा तय गर्ने छ । तर आजको न्यून विन्दु २८६७ भन्दा तल बजार आएमा भने बजारले केही अंक गुमाउन पनि सक्छ ।  

म्याक्डीबाट नियाल्दा बजार बुलिस नै रहेको छ । आरएआईबाट नियाल्दा बजारले ‘ओभर बट जोन’ ७८ को तहमा हुक बनाएको छ । बढ्दो बजारमा यस्तो विन्दु ९० को तहसम्म पनि पुग्न सक्छ । यस कारण अबको बजारको दिशा कस्तो भन्ने आगामी दिनको कारोबारले निधारण गर्ने देखिन्छ । आज करेक्सन भएको बजार यदि अधिक करेक्सन भएर यस अघिको ग्याप फिलिङ गर्न आँउछ भने बजार २८१५ विन्दुसम्म पनि आउन सक्छ । तर यदि बजार फेरि २९ सय विन्दुमाथि कारोबार हुन्छ भने नयाँ उचाइ तर्फ लाग्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.