काठमाण्डौ । आज नेप्से दिनभर उतारचढावपूर्ण रह्यो । अघिल्लो दिन २९ सय विन्दुमाथि कारोबार भएको बजार आज भने इन्ट्रा डेमा २९ सय माथि जान सकेन । आज ३० अंकले घटेको बजारले अघिल्लो दिन बनाएको शुटिङ स्टारलाई भ्यालिड गरेको छ ।
आज बोलिङ्गरको अपर ब्याण्डमा बियरिस प्रकृतिको क्याण्डल बनेको छ । यसले घट्दो बजारलाई संकेत गर्छ । बजार बढ्दै गर्दा यसअघि नेप्सेको चार्टमा २ वटा ग्याप अप ओपनिङ गरेको थियो । पछिल्लो २ करोबारमा करेक्सन देखिएको बजारमा दोस्रो ग्याप अप ओपनिङ फिलिङ गर्न २८१५ विन्दुसम्म पनि बजार आउन सक्छ । अर्थात यो विन्दुमा बलियो सपोर्ट पनि रहन सक्छ ।
म्याक्डीबाट नियाल्दा बजारमा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । आरएसआईबाट नियाल्दा बजारले हाल ओभर बट जोन ८० को तहबाट खसेर ७० को विन्दुमा आएको छ । पिभट् मार्फत अबको बजारलाई नियाल्दा आज २८४६ विन्दुमा बन्द भएको बजारले अबको बलियो सपोर्ट २८१५, २८०० सय र २७५० विन्दुमा लिन सक्छ । त्यसैगरि, बढेमा २८६५, २९१५ र ३००० को विन्दुमा प्रतिरोध सामना गर्न सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारको लागि सिफारिस भने होइन ।