काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले ९७ हजार ७९३ कित्ता संस्थापक सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक,अन्य व्यक्ति,संघसंस्था र कम्पनीहरुले खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ ।
बोलकबोल पेश गर्दा संस्थापकतर्फ न्यूनतम ९७ हजार ७९३ कित्ताका लागि अर्थात सम्पूर्ण कित्ताका लागि आवेदन दिनुपर्नेछ ।
इच्छुक लगानीकर्ताले फागुन २८ गतेभित्र प्रभु कयापिटल कमलादीमा आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ । प्राप्त बोलपत्रहरुमध्ये अधिकतम मूल्यमा आवेदन दिनेलाई सेयर बाँडफाँड गरिने जनाइएको छ ।