काठमाण्डौ । लगातार ९ दिन बढेको बजार त्यसपछिका ३ करोबारमा ६९.१४ अंकले घटेको छ । अधिकांशले बढ्ने अनुमान गरेको बजार एकाएक दैनिक घट्न थालेपछि अब बजार के हुने हो ? भन्ने सामान्य जिज्ञासा सबैमा रहनु स्वभाविक नै हो ।
बजार संधै बढेको बढ्यै पनि गर्दैन र घटेको घट्यै पनि गर्दैन । बजारमा घटबढ हुनु स्वाभाविक नै हो । बजारलाई प्राविधिक रुपमा नियाल्दा पनि यो प्रष्ट देखिन्छ । जसलाई डाउ थेउरीबाट नियाल्दा हायर हाई र हायर लोका सिरिज बनाएको देखिन्छ । पछिल्लोपटक बजारले २९२९ को विन्दुमा नयाँ हायर हाई बनाएको छ भने त्यसपछिको बजारले हायर लो बनाउन झरेको देखिन्छ ।
यो विन्दु भनेको बजार अधिक करेक्सन भएको खण्डमा २७६० देखि २७८० को विन्दुमा बलियो सपोर्ट लिन सक्छ । आज पहिलो ग्याप अप ओपनिङ फिलिङ गरेको बजारले अब दोस्रो ग्याप अप ओपनिङ पनि यहि विन्दुमा गर्न सक्छ । अथवा, बजारले २८ सय आसपासमा सपोर्ट लिन सक्छ ।
यद्यपी बजारको बलियो सपोर्ट भनेको २७८० को विन्दु देखिन्छ । किनकी यस अघि बजारले यो विन्दुमा ट्रिपल टप बनाएको थियो । यसर्थ यो विन्दुसम्मको करेक्सन बुल भित्रकै करेक्सन हो । बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजारले आज अपर ब्याण्ड छोडको देखिन्छ । अबको सपोर्ट भनेको मध्य ब्याण्डसम्म हुनसक्छ । म्याक्डीमा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । आरएसआई भने ओभर बट जोनबाट खसेको छ । यसर्थ प्राविधिक रुपमा हालको बजारको करेक्सनलाई स्वभाविक मान्न सकिन्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।