बिहीबार, श्रावण २८,२०८३ 01:15:50
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 01:15:50
Bizshala
Global IME Bank Limited

एकाएक किन घट्यो बजार ? प्राविधिक रुपमा कस्तो देखिन्छ अवस्था ?

Prabhu Bank Limited
एकाएक किन घट्यो बजार ? प्राविधिक रुपमा कस्तो देखिन्छ अवस्था ?
New Office

काठमाण्डौ । लगातार ९ दिन बढेको बजार त्यसपछिका ३ करोबारमा ६९.१४ अंकले घटेको छ । अधिकांशले बढ्ने अनुमान गरेको बजार एकाएक दैनिक घट्न थालेपछि अब बजार के हुने हो ? भन्ने सामान्य जिज्ञासा सबैमा रहनु स्वभाविक नै हो ।  

बजार संधै बढेको बढ्यै पनि गर्दैन र घटेको घट्यै पनि गर्दैन । बजारमा घटबढ हुनु स्वाभाविक नै हो । बजारलाई प्राविधिक रुपमा नियाल्दा पनि यो प्रष्ट देखिन्छ । जसलाई डाउ थेउरीबाट नियाल्दा हायर हाई र हायर लोका सिरिज बनाएको देखिन्छ । पछिल्लोपटक बजारले २९२९ को विन्दुमा नयाँ हायर हाई बनाएको छ भने त्यसपछिको बजारले हायर लो बनाउन झरेको देखिन्छ ।  

यो विन्दु भनेको बजार अधिक करेक्सन भएको खण्डमा २७६० देखि २७८० को विन्दुमा बलियो सपोर्ट लिन सक्छ । आज पहिलो ग्याप अप ओपनिङ फिलिङ गरेको बजारले अब दोस्रो ग्याप अप ओपनिङ पनि यहि विन्दुमा गर्न सक्छ । अथवा, बजारले २८ सय आसपासमा सपोर्ट लिन सक्छ ।  

यद्यपी बजारको बलियो सपोर्ट भनेको २७८० को विन्दु देखिन्छ । किनकी यस अघि बजारले यो विन्दुमा ट्रिपल टप बनाएको थियो । यसर्थ यो विन्दुसम्मको करेक्सन बुल भित्रकै करेक्सन हो । बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजारले आज अपर ब्याण्ड छोडको देखिन्छ । अबको सपोर्ट भनेको मध्य ब्याण्डसम्म हुनसक्छ । म्याक्डीमा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । आरएसआई भने ओभर बट जोनबाट खसेको छ । यसर्थ प्राविधिक रुपमा हालको बजारको करेक्सनलाई स्वभाविक मान्न सकिन्छ ।

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.