सोमबार, बैशाख ७,२०८३ 12:16:24
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 12:16:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

लगानीकर्तालाई उत्कृष्ट लाभांश बाँड्ने तीन म्युचुअल फण्ड, लगानीका लागि कति सुरक्षित ?

Bizshala
लगानीकर्तालाई उत्कृष्ट लाभांश बाँड्ने तीन म्युचुअल फण्ड, लगानीका लागि कति सुरक्षित ?
Shivam Cement

काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा म्युचुअल फण्डप्रति लगानीकर्ताको मोह हराउँदै गइरहेको छ । फण्डहरुको खस्किँदो वित्तीय अवस्था र लगानीकर्तालाई बाँड्ने प्रतिफल घट्दै जानुले म्युचुल फण्डमा लगानीकर्ता त्यति आकर्षित देखिँदैनन् ।  

फण्डहरुको वार्षिक रुपमा वितरण हुने एवरेज लाभांश भनेको १० देखि २० प्रतिशतसम्म हो । पछिल्लो समयमा फण्डहरुले १० प्रतिशतमाथि लाभांश बाँड्नु पनि राम्रै मानिन्छ ।  

फण्डहरुले लगानीकर्ताबाट उठेको रकम सूचीकृत सेयर, ऋणपत्र÷बण्ड र आइपीओ तथा हकप्रद सेयरमा लगानी गर्दछन् । त्यसबाट नाफा आर्जन भए त्यसकै आधारमा फण्डहरुले लगानीकर्तालाई वर्षेनी प्रतिफलका रुपमा नगद लाभांश बाँड्ने गर्दछन् । तर यदि फण्डहरु घाटामा गए लगानीकर्तालाई रिटर्न दिनैपर्छ भन्ने ग्यारेन्टी भने हुँदैन । यसकारण पनि पछिल्लो म्युचुअल फण्डमा लगानीकर्ताहरु लगानी गर्न हिच्किचाउने गर्छन् ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

म्युचुअल फण्डमा लगानी गर्दा त्यसबाट पााइने रिटर्न भन्दा बैंकको मुद्दती निक्षेपमा लगानी गर्दा बढी फाइदा हुने लगानीकर्ताहरुको भनाई छ । बैंक वित्तीय संस्थाको मुद्दती निक्षेपको ब्याजदर भन्दा फण्डहरुले बाँड्ने नगद लाभांश कम हुँदा फण्डमा त्यति आकर्षण नदेखिएको बजार जानकारहरु बताउँछन् ।  

म्युचुअल फण्डहरुबाट लगानीकर्ताले १० प्रतिशतभन्दा बढी लाभांश अपेक्षा राख्दछन् । तर हाल सञ्चालनमा रहेका ४३ वटा फण्डमध्ये गत आवको मुनाफाबाट तीनवटा फण्डले मात्रै लगानीकर्तालाई १० प्रतिशतभन्दा बढी लाभांश बाँडेका थिए । जसमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३, हिमालयन ८०–२० र प्रभु स्मार्ट फण्ड रहेका छन् ।  

लगानीकर्ताहरुले म्युचुअल फण्डमा लगानी गरेपछि वर्षेनी २० देखि ३० प्रतिशतसम्म रिटर्नको आशा गरेका हुन्छन्, तर यो आशा अवास्तविक हो । म्युचुअल फण्डको प्रतिफल समग्र बजारको प्रदर्शनमा निर्भर हुन्छ । अहिलेको अवस्थामा म्युचुअल फण्डहरुको १० प्रतिशतभन्दा बढी प्रतिफल भनेको उत्कृष्ट नै मान्न सकिन्छ । यदि निश्चित रिटर्न खोज्ने हो भने म्युचुअल फण्ड सेक्टर उपयुक्त नहुन सक्छ । तर यो फण्डमा लगानी गर्दा केही प्रतिशत भएपनि रिटर्न पाइने र लगानी पनि सेक्युअर हुने सम्भावना बढी रहन्छ ।  

CG Motors
Garima Development Bank
IME remit

चालु आवको लागि सबैभन्दा बढी लाभांश सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ ले बाँडेको थियो । सो फण्डले लगानीकर्तालाई १३.५३ प्रतिशतल नगद लाभांश बाँडेको थियो । त्यस्तै, हिमालयन ८०–२० ले पनि १३.०८७ प्रतिशत नगद लाभांश दिएको थियो भने प्रभु स्मार्ट फण्डले ११.८७ प्रतिशत बाँडेको थियो ।  

लगानी गर्दा कति सुरक्षित ? 

म्युचुअल फण्डमा गरिएको लगानीबाट बैंकहरुले दिएको बचत स्कीमको भन्दा बढी रिटर्न प्राप्त हुन्छ । तर सबै फण्डको लगानीबाट आफ्नो लगानी सुरक्षित छ भन्ने ग्यारेन्टी भने हुँदैन । जानकारहरुका अनुसार म्युचुअल फण्डमा लगानी गर्नुभन्दा अगाडी विभिन्न कुरामा ध्यान दिनुपर्दछ ।  

फण्डको पछिल्लो प्रस्तुती, पोर्टफोलियो, न्याभको अवस्था, खर्चहरु, दायित्व, आम्दानी र रिटर्नको अवस्थाका विषयमा लगानीकर्ताले ध्यान पुर्याउन आवश्यक हुन्छ ।  

चालु आवको लागि १० प्रतिशत भन्दा बढी लाभांश दिएका तीनवटा म्युचुअल फण्डको अवस्था नियाल्दा राम्रै देखिन्छ । चालु आवको माघ महिनासम्मको वित्तीय तथ्याङ्कबमोजिम यी तीन फण्डको लगानीको अवस्था, नाफा, न्याभ र खुद सम्पत्ति सूचक बलियो नै देखिन्छ ।  

फण्डहरुले लगानीको दायरा बलियो बनाउँदै त्यसबाट आर्जित आम्दानीकै आधारमा लगानीकर्तालाई रिटर्न दिने गर्दछन् । यदि यी तीनवटा फण्डमा लगानी गर्ने हो भने जोखिम कम र मध्यम रिटर्न पाउने सम्भावना बढी रहन्छ ।

 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.