काठमाण्डौ । उत्तर कोरियाले विदेशी पर्यटकलाई घुम्न अनुमति दिएको केही हप्तापछि नै पुनः प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाले केही साताअघि मात्रै विदेशी पर्यटकलाई यहाँ आउन अनुमति दिएको थियो ।
पछिल्लो पाँच वर्षमा उत्तर कोरियाले विदेशी पर्यटकलाई यस्तो अनुमति दिएको यो पहिलो पटक हो । सन् २०२० मा कोभिड महामारीको सुरुवातसँगै, उत्तर कोरियाले आफ्नो सिमाना बन्द गरेको थियो ।
यसपछि उत्तर कोरियाले सन् २०२३ बाट आफ्नो कडा नियमहरू केही लचिलो बनाएको थियो । उत्तर कोरियाले सन् २०२४ मा रूसी पर्यटकहरूकालागि आफ्नो सिमाना खुला गरेको थियो।
गत महिना उत्तर कोरियाले विदेशी पर्यटकलाई पूर्वी सहर रासन भ्रमण गर्न अनुमति दिने घोषणा गरेको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।