काठमाण्डौ । आईसीएफसी फाइनान्सको स्वतन्त्र सञ्चालकमा रामराज खकुेरेल नियुक्त भएका छन् । कम्पनीको फागुन २५ गते बसेको सञ्चालक समितिको बैठकले खकुेरेललाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई आगामी ४ वर्षका लागि उक्त पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । साथै, सोही दिननै बसेको सञ्चालक समितिको बैेठकले यसअघिका स्वतन्त्र सञ्चालक राजेन्द्र गोपाल श्रेष्ठको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।
श्रेष्ठले आफ्नो व्यक्तिगत कारण देखाउदै गत फागुन १९ गते राजीनमा दिएका थिए र बैठकले सोही दिनदेखि लागू हुनेगरी उनको राजीनमा स्वीकृत गरेको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।