काठमाण्डौ । मुम्बईबाट अमेरिकाको न्यूयोर्कका लागि उडेको भारतको राष्ट्रिय ध्वजावाहक,‘एयर इण्डिया’ को विमान सुरक्षासम्बन्धी धम्कीका कारण मुम्बईमा फर्किएको छ । एयर इण्डियाको ‘एआई११९’ विमान यात्राको मध्यमा पुगेका बेला विमानमा बम हमलाको चेतावनीका कारण विमान पुनः मुम्बईमै सुरक्षित अवतरण गरिएको हो ।
मिडिया रिपोर्टहरुमा विमानको शौचालयभित्र बम हमलाको चेतावनीयुक्त नोट फेला परेको थियो । उक्त नोटमा विमानभित्र बम भएको जनाइएको थियो । विमानमा ३२० जना भन्दा बढी यात्रु सवार थिए ।
विमान अवतरण भएसँगै विमानको सुरक्षा जाँच सुरु गरिएको जनाइएको छ । हालसम्मको जाँचमा विमानभित्र कुनैपनि शकास्पद वस्तु फेला नपरेको जनाइएको छ ।
विमानको उडान तालिका मार्च ११ का लागि तय गरिएको छ । त्यतिन्जेल सबै यात्रुलाई होटलमा राखिने र खाना लगायतका सुविधा उपलब्ध गराइने एयर इण्डियाले जनाएको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                        .png) 
                                        .jpg) 
                                        .png) 
                                         
                 
                 
                 
                 
                 
                 
                