बेलायतमा एयर इन्डियाको बोइङ ड्रिमलाइनरको आपतकालीन अवतरण, आपतकालीन टर्बाइन सक्रिय हुँदा रोकियो विमान
काठमाण्डौ । एयर इन्डियाको बोइङ ड्रीमलाइनर ७८७(८ विमान बेलायतमा आकस्मिक अवतरणपछि ग्राउन्ड गरिएको छ । रिपोर्टका अनुसार अमृतसरबाट बर्मिङ्घम जाँदै गरेको एयर इन्डियाको उडान नम्बर एआई–११७ ले शनिबार आपतकालीन अवतरण गराएको थियो । उडान बर्मिङ्घमको अन्तिम पहुँचमा थियो।र्याम एयर टर्बाइन (आरएटी) सक्रिय भए पनि विमानले सुरक्षित अवतरण गरेको थियो। सबै यात्रु र चालक दल सकुशल छन् ।