IME remit
  • शनिबार, कार्तिक १५,२०८२ 12:29:59
IME remit
Global IME Bank Limited

एयर इन्डियाको अर्को विमानमा पनि देखियो समस्या, हङकङबाट दिल्ली आउँदै गरेको उडान फिर्ता

Hyundai Nepal
एयर इन्डियाको अर्को विमानमा पनि देखियो समस्या, हङकङबाट दिल्ली आउँदै गरेको उडान फिर्ता
Shivam Cement

काठमाण्डौ । सोमबार हङकङबाट दिल्ली आउँदै गरेको एआई ३१५ उडान प्राविधिक गडबडीका कारण फर्किएको छ । यो बोइङको ड्रीमलाइनर ७८७–८ विमान हो। विमान हङकङमा सकुशल अवतरण भएको छ ।

उडानका क्रममा चालक दलका सदस्यले विमानमा प्राविधिक समस्या भएको आशंका गरेका थिए । यात्रुको सुरक्षालाई ध्यानमा राखेर विमानलाई हङकङ फर्काइएको थियो । एयर इन्डियाले यस घटनाको बारेमा अहिलेसम्म कुनै आधिकारिक बयान जारी गरेको छैन।

विमानमा प्राविधिक त्रुटि हुनुको वास्तविक कारण भने खुल्न सकेको छैन । गत हप्ता अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना भएको थियो । यो विमान अहमदाबादबाट लन्डन जाँदै थियो। यस दुर्घटनामा २४२ यात्रुको मृत्यु भएको थियो।

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

गत हप्ता अहमदाबादमा दुर्घटना भएको एयर इन्डियाको विमान पनि ड्रीमलाइनर थियो। बोइङ ७८७–८ ड्रिमलाइनर अहमदाबादबाट लण्डनका लागि उडेको थियो। यो विमान उडेको केही समयमै दुर्घटनाग्रस्त भएको थियो ।

विमान गुजरातको अहमदाबादस्थित बीजे मेडिकल कलेजको होस्टेलमा ठोक्किएको हो । विमानमा २३० यात्रु र १२ जना चालक दलका सदस्यहरू सहित कुल २४२ जना सवार थिए। दुर्घटनामा २४१ जनाको मृत्यु भएको थियो।

CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.