शुक्रबार, भाद्र १९,२०८३ 01:17:04
Bizshala
  • शुक्रबार, भाद्र १९,२०८३ 01:17:04
Bizshala
Global IME Bank Limited

एयर इन्डियाको विमान भीषण टर्बुलेन्समा, १२ जना घाइते

एयर इन्डियाको विमान भीषण टर्बुलेन्समा, १२ जना घाइते
New Office

काठमाण्डौ । थाइल्याण्डको फुकेटबाट भारतको नयाँ दिल्लीतर्फ उडिरहेको एयर इन्डियाको उडान एआई २३७९ मंगलबार मध्यआकाशमा टर्बुलेन्समा परेपछि १२ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जना चालक दल सदस्य पनि रहेका छन्।

घटनाका क्रममा विमानमा सामान्य क्षति पुगेको बताइएको छ। एयर इन्डियाका अनुसार, उडानका क्रममा अचानक टर्बुलेन्स आएपछि विमानको उचाइ केही क्षणका लागि घटेको थियो। यद्यपि विमान सुरक्षित रूपमा नयाँ दिल्लीमा अवतरण गरेको र सबै १३४ यात्रु तथा चालक दलका सदस्य सुरक्षित रूपमा बाहिरिएको कम्पनीले जनाएको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीले हालसम्म कुनै पनि यात्रुको अवस्था गम्भीर नरहेको स्पष्ट पारेको छ। सामान्य चोटपटक लागेका केही यात्रु र चालक दलका सदस्यलाई सावधानीका रूपमा विमानस्थलस्थित स्वास्थ्य केन्द्रमा चिकित्सकीय परीक्षण र उपचारका लागि लगिएको एयर इन्डियाले जनाएको छ।

घटनापछि एक यात्रुले विमानको उचाइ अचानक घट्दा आफू छतमा ठोक्किएर भुइँमा खसेको बताएका छन्। केही यात्रुलाई टाउकोमा सामान्य चोट तथा शरीरमा निलडाम लागेको बताइएको छ।

एयर इन्डियाले यात्रु र चालक दलको सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै प्रभावित सबैलाई आवश्यक सहयोग उपलब्ध गराइरहेको तथा घटनाबारे सम्बन्धित निकायसँग समन्वय गर्दै अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको जनाएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.