काठमाण्डौ । भारतको अहमदावादमा भएको एयर इण्डियाको विमान दुर्घटना भएसँगै सरदार बल्लभ भाई एयरपोर्ट बन्द गरिएको छ । विमानस्थालका प्रवक्ताले अर्को सूचना जारी नभएसम्मका लागि सबै उडान रद्द गरिएको बताए ।
विमानस्थल प्रशासनले यात्रुहरुलाई सम्बन्धित एयरलाइन्ससँग निरन्तर सम्पर्कमा रहन आग्रह गरेको छ । त्यहीबाट नियमित अपेडेट पाइने विमानस्थल प्रशासनले जनाएको छ । आज दिउँसो साढे १ बजेतिर भारतको अहमदावादबाट बेलायतको लण्डन नजिकै रहेको गेटविकका लागि उडेको एयर इण्डियाको विमान दुर्घटना भएको थियो ।