काठमाण्डौ । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७ औंं वार्षिक साधारण सभा र बुक क्लोजको मिति तय गरेको छ । फागुन २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी चैत २१ गते काठमाण्डौको कालिकास्थानमा रहेको अमृतभोग पार्टी प्यालेसमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
सभामा गत आवका लागि सेयरधनीरुहलाई प्रस्तावित ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश गरी कुल ७.८९४७ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।
यस्तै छैठौं साधारण सभाबाट पारित २५ प्रतिशत हकप्रद सेयर संशोधन गरी १७ प्रतिशत कायम गर्ने र नियमनकारी निकायहरुबाट प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशाधेन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।
वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत ८ एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ चैत ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।