सर्वसाधारणलाई सानिमा जिआइसीको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
काठमाण्डौ । सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी अस्विन कार्कीको नाममा रहेको ७ हजार ७३२ कित्ता सेयर बिक्री गर्न प्रक्रिया अघि बढाएको हो ।कम्पनीले बिक्रीमा ल्याएको उक्त सेयर विद्यमान संस्थापक सेयरधनी, जुनसुकै व्यक्ति वा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

