काठमाण्डौ । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्काशनको प्रक्रिया अघि बढाएको छ । कम्पनीले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ ।
कम्पनीले २५ प्रतिशत अर्था १ः०.२५ अनुपातमा हकप्रद निष्काशनको अनुमति माग गर्दै कात्तिक ३० गते सेबोनमा आवेदन दिएको हो । सेबोनबाट अनुमति पाएपछि कम्पनीले ५० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ५० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिटिजन क्यापिटल लिमिटेड रहेको छ ।