काठमाण्डौ । चौधरी ग्रुप अन्तर्गत रहेको ‘बेकोे’ ब्रान्डले निःशुल्क एसी सेवा शिविर २०२५ को आयोजना गरेको छ । यो सेवा शिविर अवधिभरि ग्राहकहरूले आफ्नो जुनसुकै ब्राण्डको एसीको जाँच र मर्मत कार्य निःशुल्क रूपमा गराउन सक्नेछन ।
सर्भिसिङ मात्र नभएर, यदि ग्राहकहरूले आफ्नो पुरानो एसी परिवर्तन गर्न चाहन्छन् भने, उनीहरूलाई उत्कृष्ट मूल्यांकन प्रदान गरिने कम्पनीले जनाएको छ । जसअन्तर्गत ५० प्रतिशतसम्मको अतिरिक्त मूल्यांकन समेत पाउन सक्नेछन् वा नयाँ बेको को एसी संग साट्न सक्नेछन ।
त्यसैगरी नयाँ एसी खरिदमा विशेष २० प्रतिशतसम्मको छुट र एसीको स्पेयर पार्ट्स आवश्यक परेमा,५० प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको छ ।
यस विशेष सेवाको अर्को आकर्षक पक्ष एसी एक्सचेन्ज गर्दा प्राप्त हुने विशेष कुपन सुविधा हो। ग्राहकहरूले एसी एक्सचेन्ज गर्दा रु। ३ हजार मूल्यबराबरका २ वटा निःशुल्क सेवा कुपन प्राप्त गर्न सक्नेछन सिजी एक्स इलेक्स।
ग्राहकहरूले १६६(००(१०२(२११ वा ०१(५९७०१२२ मा फोन गरेर निःशुल्क सेवा लिन सक्नेछन्। साथै, सिजी एक्स इलेक्सको आधिकारिक वेबसाइटमार्फत पनि स्व(मूल्यांकन र एक्सचेन्ज सुविधा उपलब्ध हुने कम्पनिले जनाएको छ ।