काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको स्टिल, आल्मुनियम र अन्य धातुमा ५० प्रतिशत कर लगाउने योजना हालका लागि रोकेका छन् ।
तर क्यानडाबाट आयाता हुने यी धातुमा मार्च १२ गतेदेखि अर्थात आजदेखि लागू हुने २५ प्रतिशत ट्यारिफ भने कायम रहनेछ ।
ट्रम्पको यो कदम क्यानडाको ओन्टारियो प्रान्तले उत्तरी अमेरिकाका केही राज्यमा पठाइने बिजुलीमा २५ प्रतिशत नयाँ शुल्क लगाउन रोक लगाएको निर्णयपछि आएको हो ।
ट्रम्पले बिजुली आपूर्तिमा यो शुल्क विरुद्ध क्यानाडामा ठूलो शुल्क लगाउने धम्की दिएका थिए। यो दुई देशबीच चलिरहेको व्यापार युद्धमा महत्वपूर्ण कदम हो, जुन अमेरिका र क्यानडा दुवैको अर्थतन्त्रका लागि घातक छ।
सन् २०२४ मा अमेरिकाबाट स्टिल आयात गर्ने देशहरूमा क्यानडा सबैभन्दा अगाडि रहेको छ ।