काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेप र संस्थागत दुवैको ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागतर्फ ५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
बैंकले चैत महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिनादेखि १ वर्ष मुनिका लागि ४ प्रतिशत,१ वर्षदेखि २ वर्षसम्मका लागि ४.२५ प्रतिशत, २ वर्षमाथिदेखि ५ वर्षसम्मका लागि ४.५० प्रतिशत र ५ वर्षमाथिका लागि ६ प्रतिशत ब्याजदर तोकेको छ ।
त्यस्तै बैंकले संस्थागत निक्षेपतफ ६ महिनादेखि १ वर्ष मुनिका लागि ३ प्रतिशत,१ वर्षदेखि २ वर्षसम्मका लागि ३.२५ प्रतिशत,२ वर्षमाथि देखि ५ वर्षसम्मका लागि ३.५० र ५ वर्षमाथिका लागि ५ प्रतिशत ब्याजदर दिने भएको छ ।