काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमा दाबीसम्बन्धी उजूरीहरूको सुनुवाइ गर्ने प्रयोजनका लागि इजलास सञ्चालन गर्ने भएको छ । प्राधिकरणले आगामी २०८२ साल वैशाख १ गतेदेखि ललितपुरको कुपण्डोलस्थित केन्द्रीय कार्यालय भवनमा उक्त इजलास सञ्चालन गर्ने भएको हो ।
प्राधिकरण सञ्चालक समितिको फागुन २७ गते बसेको बैठकले प्राधिकरणमा दायर भएका बीमा दाबी सम्बन्धी उजुरीहरूको सुनुवाइ गर्ने प्रयोजनको निम्ति प्राधिकरणको भवनमा इजलास सञ्चालनका लागि भौतिक व्यवस्था तथा अन्य आवश्यक तयारी गर्न व्यवस्थापनलाई निर्देशन दिने निर्णय गरेको थियो ।
यस्तै, प्राधिकरण सञ्चालक समितिको बैठकले प्राधिकरणमा दायर भएका बीमा दाबी उजुरीको हकमा साप्ताहिक तथा अन्य पेसी सूची र निर्णयहरू प्राधिकरणकोमा प्रकाशन गर्नसमेत व्यवस्थापनलाई निर्देशन दिने निर्णय गरेको छ ।