बिहीबार, बैशाख ३१,२०८३ 03:34:51
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 03:34:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आफुले चुनाव नजिते सेयर बजार ध्वस्त हुने ट्रम्पको दाबी, लगानीकर्तामा छुट्यो हासोको फोहोरा

Laxmi Sunrise Bank Limited
आफुले चुनाव नजिते सेयर बजार ध्वस्त हुने ट्रम्पको दाबी, लगानीकर्तामा छुट्यो हासोको फोहोरा
Shivam Cement

काठमाण्डौ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुले चुनाव नजिते सेयर अमेरिकी सेयर बजारमा ध्वस्त हुने अभिव्यक्ति पुनःदोहोराएका छन् । यसअघि पनि यस्तो अभिव्यक्ति दिएका ट्रम्पले पुनः अमेरिकी जनताले आफ्ुलाई ह्वाइटहाउसमा नपुर्याए सेयर बजारमा अहिलेसम्मकै सबैभन्दा धेरै गिरावट आउने बताएका हुन् ।  

‘यदि हामी पराजित भयौ भने तपाईले विश्वासै गर्न नसक्ने गरी सेयर बजार ध्वस्त हुन्छ ।’ट्रम्पले भने । तर उनको यो दाबीलाई बल पुग्ने कुनै आधार भने नरहेको अमेरिकी मिडियाले बताएका छन् ।    

Bizshala
New Office
CG Motors

उनको यो अभिव्यक्तिप्रति लगानीकर्ताले हासेर प्रतिक्रिया दिएका छन् । लगानीकर्ताले ट्रम्पको यो दाबी हास्यास्पद भएको र यसमा कुनै पनि सत्यता नभएको बताएका छन् ।  

यसअघि सन् २०२० को निर्वाचनका बेला पनि ट्रम्पले यदि जो बाइडेन राष्ट्रपति चुनिए सेयर बजारमा व्यापक गिरावट आउने बताएका थिए । तर त्यसबेला उनको उक्त दाबी गलत साबित भएको थियो । त्यसबेला को नोभेम्बर महिनामा डाउ जोन्स १२ प्रतिशतले वृद्धि भएको थियो । जुन सन् १९८७ पछिकै सबैभन्दा धेरै वृद्धि थियो ।  

त्यस्तै एसएण्डपी ५०० पनि ३४ प्रतिशतले बढ्दै हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.