आईतवार, चैत्र २,२०८१ 08:11:34
IME remit
  • आईतवार, चैत्र २,२०८१ 08:11:34
IME remit
Global IME Bank Limited

ग्राउण्ड जिरोः ब्रोकर हाउसहरुमा फेरि सरकार फेरिने हल्ला, लगानीकर्ता भन्छन् ‘सेयर घटाएर खाने दाउ’

Hyundai Nepal
ग्राउण्ड जिरोः ब्रोकर हाउसहरुमा फेरि सरकार फेरिने हल्ला, लगानीकर्ता  भन्छन् ‘सेयर घटाएर खाने दाउ’
Nabil Bank Limited

काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’लाई निरन्तरता दिएका छौं । आज पनि हामीले अनामनगर आसपासका केही ब्रोकर हाउसहरु पुगेर बजारको पछिल्लो अवस्थाको विषयमा बुझेका छौं । आज हामीले लगानीकर्ता र ब्रोकर सञ्चालकहरुसँग पनि अनौपचारिक रुपमा बजारको विषयमा बुझ्ने प्रयास गरेका छौं ।

सबैभन्दा पहिले आज हामी कालिका सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४६) का मा पुगेका थियौ । आज बिहानैदेखि बजार सामान्य अंकले घटेर कारोबार भएको थियो । यस ब्रोकरमा उपस्थित लगानीकर्ताहरु बजार किन घटेको भन्ने बिषयमा अन्यौलमा रहेका देखिन्थे । केही लगानीकर्ताले आज बजार घट्नुको मुख्य कारण राजनीतिक कारण भन्दै थिए भने केहीले चैत्र महिनाको प्रभाव बताउँदै थिए ।  

यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ता भने बजारप्रति खासै आशावादी देखिएनन् । उनले भने, ‘खेलाडीले नयाँ  गभर्नरका आउने हौवा फैलाँउदै बढाएको बजारमा करेक्नस आएको छ ।’ उनले थप्दै भने, ‘आज एचआरएल र एनआरआसी घटको छ । त्यही कारण पनि बजार घटेको हो ।’ तर उनी सँगै बसेका लगानीकर्ताले गभर्नर आउँदा र जाँदा बजार प्रभावित हुनुपर्ने कुनै कारण नरहेको बताए ।  

‘गभर्नरको विषयले भन्दा पनि आन्दोलनको विषयले बजार घटेको देखिन्छ,’ उनले भने । यतिकैमा एक लगानीकर्ताले ठट्यौली पारामा अर्का एक लगानीकर्तालाई देखाउँदै भने, ‘यो साथिले रातो ज्याकेट लगाएका कारण आज बजार घटेको हो । भोलीबाट यस्तो रातो ज्याकेट नलगाउनु है!’ । त्यसपछि ब्रोकर हाउसमा केही समय हाँसो गुञ्जियो ।

Shivam Cement
Bizshala
CG Motors

ब्रोकर हाउसमा यस्तै गल्फति चल्दै थिए, दिनको १२ बजिसकेको थियो । बजार एकहोरो घटिरहेको थियो । यतिकैमा एक लगानीकर्ताले भने ‘लौ साथिहरु ! यो घटेको बजार कति हर्ने, जाँउ चिया खान ।’ त्यसपछि सबै लगानीकर्ता चिया पसलतर्फ लागे । यसबेलासम्म दिनको १२ बजिसकेको थियो । बजार १० अंकले घटेको थियो ।  

यहाँबाट हामी अनामनगरमा रहेको आर्यतारा सेक्यूरिटिज .(स्टक ब्रोकर नम्बर ५७ )मा पुग्यौं । यहाँ पनि लगानीकर्ताहरुको उपस्थिति राम्रै थियो । बजार एकहोरो घटेको थियो । यतिकैमा एक महिला लगानीकर्ताले पछाडिको सिटबाट भनिन् ‘धन्न अघिल्लो साता सेयर बेचिएछ । हैन भने बर्बाद नै हुने रहेछ ।’ उनीसँगै बसेका पुरुष लगानीकर्ताले भने ‘हामी त सेयर लिएर बसेका छौ ।’ उनले थप्दै भने ‘बजार घटेको बेला घरमा बस्यो भने त  आफ्नै मात्रै घटे जस्तो हुन्छ । ब्रोकर हाउसमा आयो भने साथिहरु भेटिन्छन्, अलि मन शान्त हुन्छ । म त त्यही भएर ब्रोकर हाउसमा आएको ।’  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement

यस ब्रोकरमा हामीले केही समय बजारको विषयमा ब्रोकर सञ्चालकसँग पनि बुझ्यौं । यस ब्रोकरका सञ्चालकले पनि राजनीतिक विषय बाहेक बजार घट्ने कुनै कारण नरहेको बताए । यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले भन्दै थिए, ‘ओलीका राजनीतिक सल्लाहकार विषणु रिमालको स्टाटसले सरकार संकटमा परे जस्तो छ । त्यही कारण बजार घटेका हुनसक्छ ।’  

यतिकैमा हामी यहाँबाट भिजन सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३४) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताको उपस्थिति राम्रै थियो । दिनभर घटेको बजार केही अंकले फर्कने प्रयास गर्दै थियो । यस ब्रोकरमा भेटिएका एक लगानीकर्ताले खेलाडीले राजनीतिक कारण देखाउँदै सेयर घटाएको आरोप लगाए । यस ब्रोकरमा भेटिएका एक लगानीकर्ताले ‘र ’ का प्रमूख नेपाल आएको र सरकार फेरि संकटमा परेको गानेगुने सुनेको बताए ।  

तर ब्रोकर सञ्चालकले भने बजार किन घटेको भन्ने विषयमा आफूनै अलमलमा परेको प्रतिक्रिया दिए । यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले अघिल्लो साता सेयर नबेचेर गल्ती गरेको बताए ।  ‘लोभले लाभ लाभले बिलाप’ भने जस्तै भयो’ उनले भने । ब्रोकर हाउसहरुमा यस्तै गल्फति चल्दै थिए । हामीले भने यो साताको लागि ग्राउण्ड जिरोलाई यहि बिट् मार्ने निधो गर्यौं ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.