शनिबार, श्रावण ३०,२०८३ 08:14:58
Bizshala
  • शनिबार, श्रावण ३०,२०८३ 08:14:58
Bizshala
Global IME Bank Limited

५० दिने मुभिङ एभरेजमा सपोर्ट लिएको बजारको अबको सम्भावना कस्तो ?

Prabhu Bank Limited
५० दिने मुभिङ एभरेजमा सपोर्ट लिएको बजारको अबको सम्भावना कस्तो ?
New Office

काठमाण्डौ । आज बजार २१ अंकले घटेर बन्द भयो । दिनभर उतारचढाव रहेको आजको बजार अन्तिम समयमा भने केही सम्हालिएको थियो । तर कारोबारमा भने पछिल्लो समय दैनिक गिरावट आईरहेको छ ।  

आजको बजारलाई मुभिङ एभरेजबाट नियाल्दा ५० दिने मुभिङ एभरेजमा सपोर्ट लिएर फर्किएको देखिन्छ । मूभिङ एभरेजले घट्दो बजारमा सपोर्ट लिएको हुन्छ भने बढ्दो बजारमा प्रतिरोध सामना गर्ने गर्छ  ।

CG Motors

डेली बेसमा आजको बजारलाई इन्डिकेटरबाट नियाल्दा भने खासै सुधार आएको छैन । म्याक्डीमा वियरिस क्रसओभर भ्यालिड नै छ । हिस्टोग्राम नेगेटिभ र लामा–लामा हुँदै गएका छन् । त्यसैगरि, आरएसआईमा पनि बजार न्यूट्रल जोन भन्दा तल चलेको छ ।  

मनी फ्लो इन्डेक्समा पनि बजार घट्दो क्रममा नै देखिन्छ । पिभट् प्वइन्टबाट नियाल्दा आज बजारले पहिलो सपोर्ट २६९२ विन्दुमा लिएको छ भने अबका नजिकको सपोर्ट २६५० , २६०० विन्दुमा लिन सक्ने देखिन्छ । बढेमा भने २७५६, २८०० र २८६० को विन्दुमा प्रतिरोध लिन सक्छ । आज ५० दिने  मुभिङ एभरेजमा सपोर्ट लिएको बजार यदि आगामी दिनमा २७०० विन्दुभन्दा माथि टिकेको खण्डमा भने बजारले माथिको यात्रा तय गर्न सक्ने छ । अन्यथा बजारमा केही समय करेक्सन पनि चल्न सक्ने छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.