सोमबार, चैत्र ३,२०८१ 01:19:24
IME remit
  • सोमबार, चैत्र ३,२०८१ 01:19:24
IME remit
Global IME Bank Limited

एभरेष्ट बैंकको ऋणपत्र बाँडफाँड सम्पन्न

Hyundai Nepal
एभरेष्ट बैंकको ऋणपत्र बाँडफाँड सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्रको बाँडफाँड कार्य सम्पन्न भएको छ । बैंकले गत फागुन १८ गतेदेखि २३ गतेसम्म जारी गरेको ३ अर्ब  रुपैयाँबराबरको ‘७.५० प्रतिशत एभरेष्ट बैंक डिबेञ्चर—२०९१’नामक ऋणपत्र बाँडफाँड भएको हो ।  

बैंकले रितपूर्वक आवेदन दिएकाहरुलाई चैत १ गते ऋणपत्र बाँडफाँड गरेको हो । उक्त ऋणपत्र खरिदका लागि रितपूर्वक आवेदन दिने ५ हजार ६९७ जना आवेदकलाई ११ लाख ४० हजार कित्ता हकप्रद बाँडफाँड गरिएको बिक्री प्रबन्धक एलएस क्यापिटलले जनाएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै व्यक्तिगत तवरबाट बिक्रीका लागि छुट्टाइएको १८ लाख कित्ता ऋणपत्र पनि बाँडफाँड गरिएको छ ।  

कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात १ अर्ब २० करोडबराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत १ अर्ब ८० करोड बराबरको १८ लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिएको थियो । सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको थियो ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement

१० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ७.५ प्रतिशत दरले ब्याज भुक्तानी अर्धवार्षिक रुपले ६/६ महिनाको अवधिमा हुनेछ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.