काठमाण्डौं । आज नेप्सेमा २ महिना पछिकै न्यून कारोबर भयो । बजार करिब १० अंकले घट्दा कारोबार ५ अर्ब ४० करोडमा खुम्चियो । यससँगै कारोबार पुनः एकपटक निकै ड्राई अप भएको छ ।
कारोबार तथा भोल्युमबाट विगतको बजारलाई नियाल्दा केही समय ४ अर्बदेखि ५ अर्बको बीचमा कारोबार भएपछि बजारले माथिको गति लिने गरेको देखिन्छ । यस हिसाबले बजारमा अझै केही दिनमा न्यून भोल्युम आएको खण्डमा बजारले रिभर्सल पनि लिन सक्छ ।
क्याण्डल स्टिकबाट नियाल्दा आज सानो छोटो क्याण्डल बनेको छ । यसले बजारमा बिस्तारै बिक्रीकर्ता हराउँदै गएको भन्ने बुझिन्छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा मध्य ब्याण्डबाट तल खसेको बजार तल्लो ब्याण्डतर्फ आकर्षित भएको देखिन्छ । म्याक्डीमा बियरिस क्रसओभर भ्यालिड नै रहेको छ । आरएसआई ४२ को तहामा चलेको देखिन्छ । उल्लेखित सबै इन्डिकेटरबाट नियाल्दा अहिले नै बजारले कुनै रिभर्सलको प्रष्ट संकेत भने गरेको देखिदैन ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।