बुधबार, श्रावण २७,२०८३ 03:49:41
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 03:49:41
Bizshala
Global IME Bank Limited

स्वावलम्बनद्वारा वित्तीय साक्षरता तथा वातावरण संरक्षण कार्यक्रम सञ्चालन

Prabhu Bank Limited
स्वावलम्बनद्वारा वित्तीय साक्षरता तथा वातावरण संरक्षण कार्यक्रम सञ्चालन
New Office

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाद्वारा आयोजित ‘विद्यार्थीहरुसँग वित्तीय साक्षरता तथा वातावरण संरक्षण’कार्यक्रम सम्पन्न भएको छ ।  

काठमाण्डौको शंखरापुर नगरपालिका साँखुस्थित भगवती माध्यामिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा २४० भन्दा बढी विद्यार्थीहरुको सहभागिता थियो । यूवा तथा विद्यार्थीहरुमा वित्तीय सचेतना जगाउने, वातावरण सरक्षण गर्ने र ३ शुन्य (शुन्य खुद कार्वन उत्सर्जन, शुन्य गरिवी र शुन्य बेरोजगारी) अवधारणाको विकास गर्ने उद्देश्यले शाखा कार्यालय साँखु, काठमाण्डौले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो कार्यक्रम गरेको हो ।

कार्यक्रममा संस्थाका नायब महाप्रवन्धक गोविन्द चापागाँईले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । यस्तै प्रवन्धक सुमन श्रेष्ठले श्रोत व्यक्तिको रुपमा वित्तीय साक्षरता कार्यक्रम र ३ शुन्य कार्यक्रमको प्रस्तुतीकरण गरेका थिए । उक्त अभिमूखिकरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अनुप श्रेष्ठ, उप–प्रधानाध्यापक संजीव श्रेष्ठ लगायत शिक्षकहरु, शाखा कार्यालयका कर्मचारीहरु लगायत अभिभावकहरुको समेत सहभागीता थियो  

स्वावलम्वन लघुवित्तले देशभर ६१ जिल्लामा रहेका १४५ वटा शाखा÷उपशाखा र ९ वटा ईलाका कार्यालयहरु मार्फत करीव २ लाख ६३ हजार भन्दा बढी विपन्न महिला सदस्यहरुलाई समूहमा आवद्ध गराई बचत, कर्जा, विप्रेषण, लघुबीमा लगायतका अत्यावश्यक बैकिङ÷वित्तीय सेवा उपलब्ध गराउदै आएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.