मंगलवार, श्रावण ५,२०८३ 12:15:11
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 12:15:11
Bizshala
Global IME Bank Limited

एभरेष्ट बैंक र नेशनल बैंकिङ इन्स्टिच्युटबीच ट्रेनि निड एसेसमेन्ट गर्ने समझदारी

एभरेष्ट बैंक र नेशनल बैंकिङ इन्स्टिच्युटबीच ट्रेनि निड एसेसमेन्ट गर्ने समझदारी
New Office

एकाठमाण्डौ । एभरेष्ट बैंक लिमिटेड र नेशनल बैंकि इन्स्टिच्युट लिमिटेड ले एभरेष्ट बैंक लिमिटेडका कर्मचारीहरूका लागि ट्रेनिङ्ग निड एसेसमेन्ट गर्न सम्झौतामा हस्ताक्षर गरेका छन् । यो रणनीतिक सहकार्यको उद्देश्य कर्मचारीहरूको सीपमा सुधारको आवश्यकता पहिचान गर्नु र संगठनात्मक उत्कृष्टतालाई अगाडि बढाउन कर्मचारीको दक्षता बढाउनु हो ।

कार्यक्रममा बोल्दै, एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले भने, ‘यो पहलले कन्टिनिअस प्रोफेसनल एजुकेसन मार्फत कर्मचारीहरूको सीप विकासप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रष्ट्याउँछ, जसले हाम्रा कर्मचारीहरूलाई बैंकिङ क्षेत्रमा विद्यमान चुनौतीहरूको सामना गर्न र अपेक्षित परिणाम हासिल गर्न सक्षम बनाउनेछ ।’

सोहि अवसरमा बोल्दै नेशनल बैंकिङ इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले राम्रो सँग सञ्चालित ट्रेनिङ निड एसेसमेन्ट ले उत्पादकत्व र सेवाको गुणस्तर बढाउनका लागि प्रभावकारी तालिम कार्यक्रमहरू डिजाइन र संचालन गर्न बलियो जग प्रदान गर्ने” कुरामा विश्वास व्यक्त गरे ।  

यस साझेदारी मार्फत, एभरेस्ट बैंकले आफ्ना कर्मचारीहरूको सीपमा आवश्यक सुधारको मूल्याङ्कन र सम्बोधन गर्न योजनावद्ध दृष्टिकोण अपनाउने लक्ष्य राखेको छ ।

यो पहल नेपालको बैंकिङ क्षेत्रमा दक्षता अभिवृद्धि गर्ने दुवै संस्थाको प्रतिबद्धतासँग मेल खान्छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.