बिहीबार, बैशाख ३१,२०८३ 04:57:26
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 04:57:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आईपीओ निष्कासनको अनुमतिको पर्खाईमा रहेको बन्दीपुर केबलकारले डाक्यो साधारण सभा

Laxmi Sunrise Bank Limited
आईपीओ निष्कासनको अनुमतिको पर्खाईमा रहेको बन्दीपुर केबलकारले डाक्यो साधारण सभा
Shivam Cement

काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । चैत ७ गते बसेको सञ्चालक समितिको बैठकले चौथो साधारण सभा डाकेको हो ।  

उक्त सभा आगामी वैशाख ६ गते शनिबारका दिन तनहुँमा रहेको बन्दीपुर परियोजना प्राङ्गणमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, तेस्रो साधारण सभाले पारित गरी निर्णय अभिलेख भई कम्पनी रजिष्ट्रार तथा धितोपत्र बोर्डमा समेत सूचना अध्यावधिक भईसकेको आईपीओ सम्बन्धी प्रस्तावलाई यथावत अभिछिन्न रुपमा ग्रहण गर्ने र सोही अनुरुप कार्यान्वयनमा ल्याउने र कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

Bizshala
New Office
CG Motors

यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरुहरु माथि छलफल गरी पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

Garima Development Bank
Shivam Cement
IME remit

कम्पनी आईपीओ निष्कासनको अनुमतिको पखाईमा रहेको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै गत जेठ २२ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । कम्पनीले बोर्डबाट अनुमति पाएसँगै रु.१०० अंकित दरका ३० लाख ६० हजार कित्ता आईपीओ जारी गर्नेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.