बन्दीपुर केवलकारको आइपीओ बाँडफाँड , ४ लाख ३४ हजारले पाए १० कित्ता सेयर
काठमाण्डौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो । बिक्री प्रबन्धकका अनुसार मागभन्दा बढी आवेदन परेकाले आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको छ ।