बुधबार, असार १०,२०८३ 02:29:32
Bizshala
  • बुधबार, असार १०,२०८३ 02:29:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बन्दीपुर केवलकारद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव

Laxmi Sunrise Bank Limited
बन्दीपुर केवलकारद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव

काठमाण्डौ । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले पाँचौ वार्षिक साधारण सभा डाकेको छ । पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस ३० गते तनहुँमा रहेको बन्दीपुर परियोजना प्राङ्गणमा बिहान १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने गत आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण र सोसँग सम्बन्धीत अनुसूचिहरु लगायतका वित्तीय विवरणहरु पारित गरिनुका साथै चालु आव २०८२/८३ को लेखा परीक्षणका लागि लेखा परीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

New Office
CG Motors
Garima Development Bank

यस्तै सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने र सञ्चालक समितिको निर्णयहरु अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.