काठमाण्डौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो ।
बिक्री प्रबन्धकका अनुसार मागभन्दा बढी आवेदन परेकाले आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको छ ।
कम्पनीको आइपीओमा २४ लाख २२ हजार १७७ जनाले २ करोड ७६ लाख ३७ हजार ७२० कित्ताका लागि आवेदन दिएका थिए । जसमा ४ लाख ३४ हजार १०८ जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् ।
कम्पनीको आइपीओ नतिजा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले सञ्चालन गरेको वेबसाइटमार्फत हेर्न सकिनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।