सोमबार, श्रावण १८,२०८३ 09:14:55
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 09:14:55
Bizshala
Global IME Bank Limited

ग्राउण्ड जिरोका लगानीकर्ताहरु अन्यौलमा, भन्छन् ‘राजनीति पूर्व राजाले र सेयर बजार महाराजाले गिजोल्दै छन्’

ग्राउण्ड जिरोका लगानीकर्ताहरु अन्यौलमा, भन्छन्  ‘राजनीति पूर्व राजाले र सेयर बजार महाराजाले गिजोल्दै छन्’
New Office

काठमाण्डौ । सधैंको साता जस्तै आजपनि हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’लाई निरन्तरता दिएका छौं । यस क्रममा आज हामीले ज्ञानेश्वर र कमलादी आसपासका ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताहरुको बिचार बुझ्ने र सुन्ने प्रयास गरेका छौं ।

सबैभन्दा पहिले आज हामी बिहान ११ बज्दा नबज्दै ज्ञानेश्वरमा रहेको सूमेरु सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३९) मा पुगेका थियौं । बिहानी सत्र भएकाले यस ब्रोकरमा लगानीकर्ताहरु आउने क्रम जारी थियो । आज बजार खुलेदेखि नै ओरालो लागेको थियो । यतिकैमा एक लगानीकर्ता, ‘घटेको बेलामा नै सेयर किन्नु पर्छ’ भन्दै उठेर एचआरएलको सेयर किन्न ब्रोकरलाई आदेश दिए । उनले भने, ‘मैले त किनेको किनै छु साथीहरु !’ त्यही रहेका अर्का एक लगानीकर्ताले बजारले  २६६० विन्दुमा बलियो सपोर्ट लिने तर्क गरे । उनले यो विन्दुमा बजारको बलियो सपोर्ट रहेको र यसो नभए बजार २६३० विन्दुसम्म आउन सक्ने आँकलन गरे ।  

उनी सँगै बसेका लगानीकर्ताले भने, ‘यो टेक्निकलले काम गर्दैन है साथीहरु ।’ उनलाई जवाल दिँदै अर्का एक लगानीकर्ताले भने, ‘तपाईले नबुझेर हो, बुझे काम गर्छ । यसले ठ्याक्कै काम गर्ने भन्दा पनि सम्भावनाको विषय हो ।’  

यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले सिन्धु विकास बैंकमा खेलाडी लागि परेको दाबी गरे । उनको कुरा सेनेपनि सँगैका लगानीकर्ताले भने ‘अहिले राजनीति पूर्व राजाले गिजोल्दै छन् अनि सेयर बजार महाराजाले ।’ उनको कुरा सुनेपछि ब्रोकर हाउसमा हाँसो गुञ्जियो । केही लगानीकर्ताले आगामी १५ गते राजनीतिक दलहरुको भिडन्तको हल्लाले घटेको पनि दाबी गरे । यीनै मध्येका एक जनाले यो साता बजार साइडवेज चल्न सक्ने अनुमान गरे । ‘आज ठूलो अंकले घट्यो भने त सम्हालिन पनि सक्छ, ’उनले भने । ब्रोकर हाउसमा यस्तै वार्तालाप चल्दै थिए । १२ बजेसम्म बजार सामान्य अंकले घट्दै थियो ।

यहाँबाट हामी सिटी सेन्टरस्थित नयाँ ब्रोकर गरिमा सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ७८) मा पुग्यौं । यसबेलासम्म बजार २५ अंकले घटको थियो । यस ब्रोकरमा खासै लगानीकर्ता थिएनन् । एक लगानीकर्ता बजार हेरेर फोनमा कुरा गर्न मस्त थिए । ‘लौ ! बर्बाद भयो । बजार यसरी घट्ला भन्ने लागेको थिएन,’ उनले घटेको बजार मोबाइलमा हेर्दै भने । यस ब्रोकरमा हामीले सञ्चालकसँग पनि बजारको विषयमा जिज्ञासा राख्यौं । ब्रोकर सञ्चाकले राजनीतिक अन्यौलताले बजार घटेको प्रतिक्रिया दिए ।  

यहाँबाट हामी क्रियटिभ सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४०) मा पुग्यौं । यस ब्रोकरमा केही लगानीकर्ता बजार हेरेर टोलाएर बसेका देखिन्थे । यसै ब्रोकरमा भेटिएकी एक महिला लगानीकर्ताले बजार घटेको प्रति आश्चर्य प्रकट गर्दै आफूले बजार यसरी घट्ला भनेर नसोचेको बताइन् । उनीसँगै बसेका एक लगानीकर्ताले बजार २६ सय आसपास अर्थात २५८० विन्दुभन्दा तल नजाने दाबी गरे । यस ब्रोकरमा भेटिएका लगानीकर्ताले उनको भनाइसँग सहमती जनाउदै बजार धेरै दिन घटेको कारण अब केही अंक गुमाएर फर्किने दाबी गरे । यस बेलासम्म भित्ताको घडिमा १ बजिसकेको थियो । बजार एकोहोरो घटेको थियो भने लगानीकर्ताहरु आत्तिएका जस्ता देखिन्थे ।  

यहाँबाट हामी कमलादीमा रहेको कोहिनूर सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३५) मा पुग्यौं । यस ब्रोकरमा पनि लगानीकर्ता निकै कम देखिए । बजार एकोहोरो घटिरहेको थियो । यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले भने, ‘लौ ! साथीहरु बजारमा राजनीतिक र चैत दुबै लाग्यो । बजार १५ गतेसम्म यसैगरी पनि चल्न सक्छ । त्यसपछि भने बजारको आगामी यात्रा थाहा होला ।  

आज २ बजेपछि बजारमा झनै तीव्र गिरावट आएको थियो । अधिकांश ब्रोकरहरुमा लगानीकर्ता र ब्रोकर सञ्चालकहरुमा पनि बजारप्रति अन्यौलता रहेको देखिन्थ्यो । यद्यपी लागनीकर्ताहरु तीव्र घटेको बजारले फेरि गति लिने झिनो आशामा देखिन्थे ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.