शनिबार, श्रावण २३,२०८३ 02:31:57
Bizshala
  • शनिबार, श्रावण २३,२०८३ 02:31:57
Bizshala
Global IME Bank Limited

कुमारी सबल योजनाको इकाई बाँडफाँड सम्पन्न

कुमारी सबल योजनाको इकाई बाँडफाँड सम्पन्न
New Office

काठमाण्डौ । कुमारी क्यापिटलले निष्कासन गरेको कुमारी सबल योजनाको इकाई बाँडफाँड सम्पन्न भएको छ । कुमारी क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने कुमारी सबल योजनाको इकाई सर्वसाधारणलाई आज बाँडफाँड गरिएको हो ।  

गत माघ २८ गतेदेखि फागुन १३ गतेसम्म प्रतिइकाई रु १० दरको १० करोड इकाईको १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रवद्धक कम्पनी कुमारी बैंकलाई र १% ले हुन आउने बिजपूँजी वापतको १० लाख इकाई योजना व्यावस्थापक कम्पनी कुमारी क्यापिटल लिमिटेडलाई सुरक्षित राखी बाँकी सार्वजनिक निष्काशन मार्फत रु. ८ करोड ५० लाख इकाई निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा १४ प्रतिशत विजपूँजी वापतको १ करोड ४० लाख इकाई कोष प्रवद्धक कम्पनी र १ (एक) प्रतिशत बिजपूँजीवापतको १० लाख इकाई योजना व्यावस्थापक कम्पनी कुमारी क्यापिटल लिमिटेडलाई बाँडफाँड गरिएको र बाँकी सर्वसाधारण तथा संघ–संस्थाहरुबाट प्राप्त आवेदकहरुलाई बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।  

उक्त इकाई आज कुमारी क्यापिटलको नागपोखरी नक्सालमा रहेको काठमाण्डौमा आमन्त्रित सदस्यहरु तथा प्रतिनिधिहरुको उपस्थितिमा बाँडफाँड गरिएको हो । 

जम्मा आवेदन दिने २९ हजार १६० जनामध्ये रितपुर्वक आवेदन दिने २९ हजार १३४ जना आवेदकहरुलाई माग गरे बमोजिम इकाईहरु बाँडफाँड गरियो र दोहोरो आवेदन दिने २६ जना आवेदकहरुको आवेदन रद्द गरिएको क्यापिटलले जनाएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.