काठमाण्डौ । माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सले भारतको आर्थिक वृद्धिबाट समग्र विश्वलाई फाइदा पुग्ने बताएका छन् । भारतको मुम्बईमा आयोजित एक कार्यक्रममा बोल्दै गेट्सले यस्तो बताएका हुन् ।
उक्त अवसरमा उनले भारतले अन्वेषण क्षेत्रमा गरेको तीव्र प्रगतिको प्रशंसाा समेत गरेका छन् । गेट्सले सन् २०४७ सम्म भार विकसित राष्ट्रको रुपमा उभिने मात्रै नभई त्यसको सकारात्मक प्रभाव समग्र विश्वमा पर्ने बताए । उनले भारत सरकारले स्वास्थ्य तथा शिक्षा जस्ता क्षेत्रलाई प्राथमिकता दिएकाले भारतको विकास सम्भव हुने बताए । यसले सकारात्मक गतिशिलता प्रदान गरेको समेत उनले बताए ।
उनले भारतको विकासदर १० प्रतिशत नपुग्ने तर ५ प्रतिशतभन्दा कम पनि नुहने आँकलन गरे ।
उक्त अवसरमा गेट्सले प्रविधि विकासमा एआईको अहम् भूमिका हुने समेत उल्लेख गरे । एआईका कारण रोजगारी गुम्ने खतरालाई उनले नकार्दै एआई विकासमा भारतको प्रयासको सराहना समेत गरे ।