मंगलवार, असार ९,२०८३ 11:45:34
Bizshala
  • मंगलवार, असार ९,२०८३ 11:45:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

फ्रान्सले फेला पार्यो ९२ अर्ब डलरको विश्वकै सबैभन्दा ठूलो हाईड्रोजन भण्डारण

Laxmi Sunrise Bank Limited
फ्रान्सले फेला पार्यो ९२ अर्ब डलरको विश्वकै सबैभन्दा ठूलो हाईड्रोजन भण्डारण

काठमाण्डौ । फ्रान्सले विश्वकै सबैभन्दा ठूलो हाईड्रोजन खानी फेला पारेको छ । जियोरिसोर्सेस ल्याब्रोटरी र सीएनआरएसका वैज्ञानिकको टोलीले ९२ अर्ब डलरबराबरको हाईड्रोजनको भण्डारण पत्ता लगाएका हुन् ।  

मिथेनको खोजीको क्रममा वैज्ञानिकले यो सफलता हात पारेका हुन् । वैज्ञानिकहरुले पृथ्वीको ४ हजार १०१ फिट(१ हजार २५० मिटर)को गहिराईमा ठूलो परिणामको ह्वाइट हाईड्रोजनको भण्डारण फेला पारेको जनाइएको छ ।  

हाईड्रोजनको यो स्वरुपलाई ग्रीन हाईड्रोजन जस्तो औद्योगिक उत्पादनको आवश्यकता पर्दैन । ग्रीन हाईड्रोजनलाई भने नविकरणीय उर्जा वा जिवाश्म इन्धनबाट प्राप्त ग्रे हाईड्रोजनको प्रयोगबाट उत्पादन गरिन्छ ।  

New Office
CG Motors
Garima Development Bank

फ्रान्समा पत्ता लागेको ह्वाइट हाईड्रोजनको भण्डारण विश्वको वार्षिक ग्रे हाईड्रोजन उत्पादनको आधिभन्दा बढी हुन आउछ । र यसको उत्खननमा वातावरणीय नोक्सान र खर्च समेत निकै कम हुने जनाइएको छ । ह्वाइट हाईड्रोजनलाई प्रभावकारी रुपमा निकालिए यसले कार्बन उत्सर्जनबिनै न्यून उर्जा खर्चमा स्वच्छ उर्जा उपलब्ध गराउने विज्ञहरुले बताएका छन् । मिडिया रिपोर्टहरुमा यो हाईड्रोजन भण्डारणको मूल्य ९२ अर्ब डलर बताइएको छ ।  

हाईड्रोजन उद्योगले वर्षौदेखि ग्रीन हाईड्रोजनको उच्च उत्पादन खर्च र ग्रे हाईड्रोजनबाट हुने प्रदुषण गरी मुख्यतः दुईवटा चुनौतीहरुको सामना गरिरहेको छ । यस्तोमा यी दुवै समस्याको समाधानको रुपमा ह्वाइट हाईड्रोजन रहेको छ । पहिलेदेखिनै पृथ्वीको गर्भमा रहेका कारण ह्वाइट हाईड्रोजनलाई इलेक्ट्रोलिसिस जस्तो प्रक्रिया आवश्यक पर्दैन । यस्तै यसको उत्पादन जिवाश्म इन्धनमा समेत निर्भर हुदैन ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

फ्रान्समा फेला परेको यो भण्डारणले त्यहाँको अर्थतन्त्रमा सकारात्मक सुधार ल्याउदै फ्रान्सलाई हरित उर्जाको क्षेत्रमा युरोपकै अग्रेणी खेलाडीको रुपमा उभ्याउने अपेक्षा गरिएको छ । फ्रान्सलाई हात लागेको यो सफलताले अन्य देशहरुलाई समेत ह्वाइट हाईड्रोजनको खोजी गर्न भौगोलिक सर्भे गर्न प्रोत्साहन गर्ने देखिन्छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.