सोमबार, श्रावण १८,२०८३ 04:48:18
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:48:18
Bizshala
Global IME Bank Limited

रुसबाट तेल खरिद गर्न राष्ट्रहरुलाई ५०% ट्यारिफ लगाउने ट्रम्पको चेतावनी

रुसबाट तेल खरिद गर्न राष्ट्रहरुलाई ५०% ट्यारिफ लगाउने ट्रम्पको चेतावनी
New Office

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट तेल खरिद गर्न राष्ट्रहरुलाई ५० प्रतिशत ट्यारिफ लगाउने चेतावनी दिएका छन् । रुसले युक्रेनसँग युद्धविराममा सहमति नजनाए रुसबाट तेल खरिद गर्ने देशहरुलाई ट्यारिफ लगाउने ट्रम्पले चेतावनी दिएका हुन् ।  

ट्रम्पले भने, ‘यदि रुस र म युक्रेनमा रक्तपात रोक्ने सहमतिमा पुग्न सकेनौं र मलाई लाग्छ कि यो रुसको गल्ती हो भने, म रुसबाट आउने सबै तेलमा अतिरिक्त शुल्क लगाउनेछु।’

ट्रम्पको भनाइमा अमेरिकी राष्ट्रपतिको कार्यालयबाट कुनै प्रतिक्रिया आएको छैन । ट्रम्पले एनबीसी न्यूजसँगको अन्तर्वार्तामा आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग निकै रिसाएको र दुखी भएको समेत बताएका छन् । ट्रम्पले पुटिनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको विश्वसनीयतामाथि आक्रमण गरेको बताएका छन् ।

युक्रेनमा युद्धविरामका लागि वार्ता गर्दा ट्रम्प पुटिनसँग धेरै नजिक भएकोमा युरोपेली नेताहरू चिन्तित थिए। तर, विगत ६ हप्तामा ट्रम्पले जेलेन्स्कीमाथि बारम्बार कडा माग गरेका छन् र पुटिनको पक्षमा धेरै बयान दिएका छन् ।

एनबीसी न्यूजका अनुसार ट्रम्पले १० मिनेटको फोन अन्तर्वार्तामा पुटिनले जेलेन्स्कीको विश्वसनीयतामाथि आक्रमण गरेकोले आफू रिसाएको र दुखी भएको बताए ।

तर, ट्रम्प आफैंले जेलेन्स्कीलाई तानाशाह भनेका थिए र उनीसँग चुनावको माग गरेका थिए ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.