काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले ५ वर्ष पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ ।
बैंकले एक सूचना जारी गर्दै विसं २०७६ पुस १७ गते सम्पन्न १३ औं साधारण सभाबाट पारित भएको आव २०७५/७६ को ५ वर्ष पुरानो नगद लाभांस बुझिलिन आग्रह गरेको हो । सेयरधनीहरुले सूचना प्रकाशित भएको एक महिनाभित्र बैंकको सेयर रजिष्ट्रार प्रभु क्यापिटलमा आवश्यक कागजात तथा विवरणसहित सम्पर्क गर्नुपर्नेछ ।
अन्यथा उक्त अवधिको बुझिलिन बाँकी रहेको नगद लाभांस लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ ।