शनिबार, श्रावण ३०,२०८३ 08:18:04
Bizshala
  • शनिबार, श्रावण ३०,२०८३ 08:18:04
Bizshala
Global IME Bank Limited

डाउ थेउरीमा हायर लो बनाउन खसेको बजारको अबको सम्भावना कस्तो ?

Prabhu Bank Limited
डाउ थेउरीमा हायर लो बनाउन खसेको बजारको अबको सम्भावना कस्तो ?
New Office

काठमाण्डौ । आज सेयरबजारमा दिनभर बिक्री दबाब परेको थियो । आज बजार करिब १७ अंकले घटेर बन्द भएको थियो । आज बजार घट्दा अघिल्लो दिनको तुलनमा कारोबार पनि घटेको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा तीन दिन लगातार बढेको बजारमा आज करेक्सन आएको छ ।  

अर्थात बजारले डाउ थेउरीमा यो साता एउटा हायर हाई बनाए पछि आज हायर लो बनाउन घटेको देखिन्छ । यो भनेको आवरली बेसमा आज २६७६ विन्दुमा बन्द भएको बजार मध्य ब्याण्ड अर्थात २६४५ विन्दुसम्म आउछ भने पनि त्यो स्वाभिवक करेक्सन नै हुने छ । त्यसपछि बजारले नयाँ हाई बनाँउदै पछिल्लोपटकको करेक्सनको ६० प्रतिशत हुन आउने करिब २८ सय आसपास बजार पुग्न सक्छ ।  

CG Motors

आज बजार घट्दा कारोबार पनि घटेको देखिन्छ । यस हिसाबले बजारमा बिक्रीकर्ता खासै हाबी नभएको देखिन्छ । यस हिसाबले आजको करेक्सनलाई प्राविधिक रुपमा सामान्य र स्वाभाकि करेक्सन मान्न सकिन्छ । पिभट् मार्फत नियाल्दा यदि आगामी दिनमा पनि बजार घटेमा २६३७, २६०५, २५५० विन्दुमा सपोर्ट लिन सक्छ । त्यसैगरि, बढेमा भने बजारले २६९५, २७२६ र २७८५ विन्दुमा प्रतिरोध सामना गर्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.