बुधबार, बैशाख २,२०८३ 04:48:33
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 04:48:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एनसेल फाउन्डेसनद्वारा शिक्षामा एनसेल एनएसएलमार्फत सहयोग गर्ने प्रतिबद्धता

Bizshala
एनसेल फाउन्डेसनद्वारा शिक्षामा एनसेल एनएसएलमार्फत सहयोग गर्ने प्रतिबद्धता
Shivam Cement

काठमाण्डौ । हाल जारी रहेको एनसेल नेपाल सुपर लिग ९एनएसएल० सिजन ३ को अवसरमा एनसेल फाउन्डेसनले शिक्षा र समुदाय सशक्तिकरणप्रति आफ्नो प्रतिबद्धता अनुरुप यो सिजनभरि गरिने प्रत्येक १ गोल बराबर २५ शैक्षिक सामग्री वितरण गर्ने प्रतिवद्धता जनाएको छ ।

यो पहल विषेशगरी देशका दुर्गम क्षेत्रमा अवस्थित विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरुको स्रोतको अभावलाई घटाउँदै, गुणस्तरिय शिक्षाका लागि योगदान पुर्याउने फाउन्डेसनको प्रतिबद्धतामा आधारित रहेको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

मंगलबारसम्म खेलिएका खेलहरू र तीनका नतिजा अनुसार फाउन्डेसनले ११ गोल बापत २७५ शैक्षिक सामग्री वितरण गर्ने सुनिश्चित भईसकेको छ । यसरी वितरण हुने सामग्रीहरुमा झोला, कापी, सिसाकलम, शार्पनर, इरेजर जस्ता आवश्यक शैक्षिक सामग्रीहरू समावेश हुन्छन् । यसले स्रोतसाधन अभाव भएका समुदायका विद्यार्थीहरूलाई उनीहरुको सिकाइ अनुभव सुधार गर्न योगदान पु¥याउने लक्ष्य राखेको छ ।

“हाम्रा समुदायहरुको सम्बन्ध फुटबलसँग गहिरो छ र यो पहलले फुटबलको उत्साहलाई विद्यार्थीहरूको उज्ज्वल भविष्यको लागि अर्थपूर्ण शैक्षिक सहयोगमा रूपान्तरण गर्ने उदेश्य राखेको छ,”एनसेलकी एनसेल फाउन्डेसन एन्ड स्पेशल प्रोजेक्ट डाईरेक्टर विशाखालक्ष्मी खड्काले भनिन् । “हामी नेपाल सुपर लिगका सबै खेलाडीहरूलाई सफलताको शुभकामना व्यक्त गर्छौं र यस महत्वपूर्ण उद्देश्यका लागि थप गोलहरू हुनेमा उत्साहित छौं।”

एनसेल फाउन्डेसनले खेललाई शैक्षिक सहयोगसँग जोडेको यो पहिलो पटक होइन । यस अघि नेपाल प्रिमियर लिग ९एनपीएल)का दौरान, फाउनडेसनले प्रत्येक १ चौका बराबर ४ वटा शैक्षिक शैक्षिक सामग्री वितरण गर्ने सुनिश्चत गरेको थियो । त्यसअनुसार, एनपीएलका ६५३ चौकाहरू बापत फाउन्डेसनले कुल २,६१२ शैक्षिक सामग्रीहरु वितरण गर्दैछ । हालसम्म, फाउन्डेसनले नेपालभरिका ४२ सरकारी विद्यालयका विद्यार्थीहरूलाई ५,००० भन्दा बढी शैक्षिक सामग्रीहरु वितरण गरिसकेको छ।

CG Motors
Garima Development Bank
IME remit

एनएसएलको समापनपछि, एनसेल फाउन्डेसनले सम्बन्धित निकायहरू र अन्य सरोकारवालासँगको सहकार्यमा शैक्षिक सामग्रीहरू वितरण गर्नेछ । यो पहलमार्फत फाउन्डेसनले शिक्षा क्षेत्रमा एनसेलको सामाजिक जिम्मेवारीप्रतिको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ र सकारात्मक सामाजिक परिवर्तन र सामुदायको विकासको लागि शिक्षाको विकास अपरिहार्य रहेको स्पष्ट पार्दछ ।

एनसेल फाउन्डेसन प्रभावकारी व्यावसायिक सामाजिक जिम्मेवारी ९सीएसआर०का पहलहरुमार्फत देश र जनताको विकासमा योगदान पुर्याउन प्रतिबद्ध रहेको छ । संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरू प्राप्तिका लागि योगदान पुर्याउँदै समावेशी र दिगो नेपालको प्रवद्र्धन गर्नु यसको उदेश्य रहेको छ । एनसेलको थिम ‘हामी तपाईंकै लागि’ मा आधारित भई फाउन्डेसनले शिक्षा, स्वास्थ्य, वातावरण, विपद् पूर्वतयारी तथा प्रतिकार्यका क्षेत्रमा कार्यहरु र अन्य सामुदायिक विकासका गतिविधिहरू मार्फत स्थानीय आवश्यकता सम्बोधन गर्दे विकासमा हातेमालो गर्दछ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.