बिहीबार, बैशाख ३१,२०८३ 04:34:30
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 04:34:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

चार सातापछि सेयर बजारमा सुधार, नेप्सेको साप्ताहिक चार्टमा ‘मर्निङ स्टार’

Laxmi Sunrise Bank Limited
चार सातापछि सेयर बजारमा सुधार, नेप्सेको साप्ताहिक चार्टमा ‘मर्निङ स्टार’
Shivam Cement

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । अघिल्लो साता भने सेयर बजारमा ५ दिन कारोबार भएको थियो । यो साता ४ दिन कारोबारमा बजार ३ दिन बढ्यो भने १ दिन घट्यो । अघिल्लो साता २ हजार ६६३.३ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ७०३.३९ को विन्दुमा बन्द भयो ।  

यस हिसाबले यो साता ४०.०१ अंकले बजार बढ्यो । अघिल्लो साता भने ६.०१ अंकले बजार घटेको थियो । यो साता चार दिनमा बजारमा २६ अर्ब ६५ करोडको सेयर कारोबार भयो । अघिल्लो साता ५ दिनमा २५ अर्ब ४१ करोडको सेयर कारोबार भएको थियो । यस हिसाबले यो साता दोस्रो बजारमा नेप्से परिसूचक र दैनिक औषत  कारोबार दुबै बढ्यो । यो सँगै लगातार ४ साता घटेको नेप्सेको ओरालो यात्रामा यो साता ब्रेक लाग्यो । यो साता बजार पूँजीकरण ४४ खर्ब ८९ अर्ब पुग्यो । अघिल्लो साता यस्तो बजार पूँजीकरण ४४ खर्ब २२ अर्ब थियो । यस हिसाबले यो साता बजार बढ्दा ६७ अर्बले लगानीकर्ताहरुको सम्पत्ति बढ्यो ।  

प्राविधिक पक्षः  

क्याण्डल स्टिकको आधारमा  

साप्ताहिक रुपमा बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा चार साता लगातार घटेको बजारमा यो साता ब्रेक लाग्यो । यस अघिका तीन वटा साप्ताहिक क्याण्डलहरुलाई नियाल्दा अघिल्लो साता तल लामो धागो सहितको  ह्याम्मर क्याण्डल बनेको बजारमा यो साता बुलिस प्रकृतिको क्याण्डल बनेको छ । यस हिसाबले तीन वटा क्याण्डल स्टिकबाट नियाल्दा बजारमा ‘मर्निङ स्टार क्याण्डल प्याटर्न’ बनेको छ । यसले सम्भावित रुपमा बजारमा बुलिस क्याण्डल स्टिक प्याटर्न बनेको छ ।  

Bizshala
New Office
CG Motors

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई  

साप्ताहिक रुपमा बोलिङ्गर ब्याण्डको आधारमा यो साता बजार मध्य ब्याण्ड भन्दा माथि टिकेको छ । अपर ब्याण्ड र लोअर ब्याण्डको दुरी साँघुरिदै गएको छ । यस आधारमा बजार बुल नै निश्चित हुन अपर ब्याण्डसँगै अर्थात बजार २८ सय भन्दा माथि चले पछि निश्चित हुन सक्छ । साप्ताहिक रुपमा म्याक्डीमा भने कुनै सुधार भएको देखिदैन । आरएसाआई न्यूट्रल जोन भन्दा माथि चलेको छ । मनी फ्लो इन्डेक्स पछिल्लो समय अप ट्रेन्डमा चलेको देखिन्छ ।  

इचिमोकु

इचिमोकु क्लाउड इन्डिकेटर सन् १९६८ मा एक जापानिज नागरिकले प्रतिपादन गरेका थिए। प्रतिपादनसँगै यो इन्डिकेटर त्यहाँस्थित एउटा टोकियो न्यूज पेपरमा प्रकाशित भएको थियो । योसँगै यो इन्डिकेटर संसारभर प्रयोगमा आएको हो ।  

अन्य इन्डिकेटरजस्तै यसमा पनि विभिन्न रेखाहरु र क्यान्डल स्टिकको गतिलाई चार्टमा राखेर विश्लेषण गरिन्छ ।  

इचिमोकुको आधारमा २९२९ विन्दुबाट खसेको बजारमा त्यसपछि पहिलोपटक बेसलाईनलाई कन्भर्जन लाइनले तलबाट काटेर बुलिस क्रस बनेको छ । क्लाउडको पोजिसन पनि रातोबाट हरियो बनेको देखिन्छ । मूल्य रेखाहरु पनि क्लाउड पोजिसन भन्दा माथि चल्दै गरेका छन् । यस हिसाबले इचिमोकु मार्फत पनि बजार बिस्तारै सम्हालिन खोज्दैछ ।  

Garima Development Bank
Shivam Cement
IME remit

पिभट् प्वइन्टः  

पिभट् विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – ३२३८

प्रतिरोध २ – ३०८३

प्रतिरोध १–  २८८८

पिभट् प्वइन्टः २७३३

घटेमा सपोर्ट  

सपोर्ट १– २५३८

सपोर्ट २– २३८४

सपोर्ट  ३ –२१८८

निष्कर्षः यो साता सेयर बजार ४० अंकले बढ्यो । अघिल्लो साता भने बजार ६ अंकले घटेको थियो । यो साता सेयर बजारमा कारोबार र सूचक दुबैमा बढोत्तरी आयो । यस अघिका साताहरुमा घटेको बजार यो साता भने सम्हालियो । प्राविधिक रुपमा यो साताको बजारलाई विभिन्न समय अवधिबाट नियाल्दा साप्ताहिक चार्टमा मार्निङ स्टार प्याटर्न बनेको छ । यसले बजार सम्भावित रुपमा माथिको यात्रा तय गर्न सक्ने संकेत गर्छ ।  

बजारले २०० दिनको मूभिङ एभरेज २५८० बाट सपोर्ट लिएर फर्किएको छ । यो साता कारोबार र भोल्युम दुबैमा बढोत्तरी आयो । आरएसआई र मनी फ्लो इन्डेक्सबाट नियाल्दा बजार ओभर सोल्ड जोनबाट फर्केको देखिन्छ । यस हिसाबले हेर्दा अघिल्लो साता सम्हालिने प्रयास गरेको बजारमा यो साता सुधार आएको छ । अगामी साता पनि बजारको सुधारले निरन्तरता पाउन सक्छ । तर बजार बुल रनमा नै चल्न भने कारोबार १० अर्ब माथिको हुन आबश्यक छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.